१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o८:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चौदण्डीगढी नगरपालिका– ८ उदयपुरस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकोे छ। 

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएकाले उनीहरूलाई स्विटर प्रदान गरिएको बैंकले जनाएको छ।

विद्यालयमा अयोजित एक कार्यक्रमबीच नर्सरीदेखि कक्षा १० सम्मका एक सय ९१ विद्यार्थीलाई स्विटर प्रदान गरिएको हो। 

यसका साथै सिटिजन्स बैंक कालिकानगर शाखा, बुटवलले पनि स्थानीय मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। चिसोमा न्यानो कपडाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको बैंकको भनाइ छ।

बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन्। यस कार्यले चिसो मौसममा उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
 

ad
ad