न्यायाधीश गिरीकी पत्नीद्वारा आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै

आइतबार, २९ पुष, २०८०
डिजिटल संस्करण
न्यायाधीश गिरीकी पत्नीद्वारा आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै

फाइल तस्बिर

जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालतपरिसरमा आत्मदाहको प्रयास गरेकी छिन्।

वैवाहिक बलात्कार मुद्दामा आरोपित गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्न माग गर्दै आरतीले आइतबार दिउँसो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्।

आरतीलाई तत्काल नियन्त्रणमा लिई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको आरोप छ। उनीमाथि कारबाहीकाे माग राखी आरतीले विरोध प्रदर्शन गर्दै आएकी छिन्।

सुझावित समाचार