१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जाडोले रौतहटको जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:४o:oo

विगत केही दिनदेखि तराई मधेशका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ।

चिसो बढेसँगै रौतहटसहित मधेशका जिल्लामा जनजीवन प्रभावित भएको छ। शीतलहरका कारण बालबालिका, वृद्धवृद्धा, अशक्त, अपांगता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन्।

चिसोका कारण अस्पतालमा दम तथा रुघाखोकीका बिरामी बढेका चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर रामजी रामले बताए। अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको उनको भनाइ छ। रौतहटका सबै पालिकाहरूले विद्यालयमा जाडो बिदासमेत दिएका छन्।

शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ।बाक्लो कुहिरोले तेलहन, दलहन, आलुलगायतका खेतीमा असर पर्नुका साथै पशु चौपाया पनि प्रभावित भएका छन्।

जाडोबाट बच्न डिभिजन वन कार्यालय र स्थानीय तहसँगकै समन्वयमा रौतहटका विभिन्न स्थानमा दाउरा बाल्न थालिएको छ।

ad
ad