१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दोहा
२o८१ बैशाख २० बिहीबार o९:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एएफसी कप खेलाउने योसिमी पहिलो महिला रेफ्री

Read Time : > 1 मिनेट
दोहा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३२:oo

जापानकी योसिमी यामासिले शनिबार कतारको दोहामा इतिहास बनाएकी छिन् । फिफा रेफ्रीकी रूपमा एसिया कपको खेल खेलाउने उनी पहिलो एसियन महिला बनेकी छिन् । समूह ‘बी’अन्तर्गत भारत र अस्ट्रेलियाबीचको खेलमा उनी मुख्य रेफ्रीका रूपमा थिइन् । उनी मात्र होइनन्, सहायक दुई रेफ्री पनि महिला नै थिए । मार्कोटो बोजोनो र नाओमी हिरोगीले योसिमीलाई सहयोग गरेका थिए । एसियन फुटबल महासंघ (एएफसी)ले योसिमीको सफलतालाई एक कोसेढुंगाका रूपमा प्रशंसा गरेको छ । ‘एसिया कपको इतिहासमा आजको दिन ऐतिहासिक रह्यो, पहिलोपटक एसियाकै फिफा रेफ्री प्रतियोगिता सञ्चालन गरेकी छिन्,’ एएफसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सन् २०१५ मा योसिमाले फिफा रेफ्रीको ब्याच लगाएकी थिइन् । जापानको फुटबल इतिहासमा उनी नै पहिलो महिला फिफा रेफ्री हुन् । ३७ वर्षीय योसिमाले एसियाको शीर्ष डिभिजन लिग खेलाइसकेकी छिन् । यसैगरी, एएफसी कप तथा एसिया च्याम्पियन्स लिगका मुख्य खेल उनले खेलाएकी थिइन् । अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर रूपमा फिफा तथा एएफसीका खेल सञ्चालन गरेकी छिन् । सन् २०१९ को महिला फिफा विश्वकप तथा सन् २०१९ कै एएफसी च्याम्पियन्स लिगको फाइनल उनले नै सञ्चालन गरेकी थिइन् । सन् २०२२ मा कतारमै भएको विश्वकपमा उनी एक खेलमा मुख्य रेफ्रीमा थिइन् । 

अस्ट्रेलियासँग भारत पराजित
एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एसियन कपमा शनिबार अस्ट्रेलियाले भारतलाई २–० ले हराएको छ । बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा भारतले अस्ट्रेलियालाई रोकेको थियो । खेलको ५०औँ मिनेटमा ज्याक्सन इर्भिनले अस्ट्रेलियालाई १–० को अग्रता दिलाए । खेलको ७३औँ मिनेटमा जोर्डन बोसले २–० का लागि गोल गरेका थिए । शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक कतारले लेबनानलाई ३–० ले पराजित गरेको थियो।

भारतको यो पाँचौँ एसिया कप सहभागिता हो । भारत लगातार दोस्रोपटक एसिया कपमा छनोट भएको पहिलोपटक हो । भारतको समूहमा उज्वेकिस्तान र सिरिया छन् । एसिया कपमा भारतको उत्कृष्ट प्रदर्शन नै सन् १९६४ हो, त्यसवेला भारत उपविजेता बन्दा इजरायल विजेता बन्यो ।
 

ad
ad