१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख ३५ हजार नगदसहित पोखराबाट आठ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२८:oo

एक लाख ३५ हजार ९८५ रुपैयाँ र चार बुक ताससहित प्रहरीले पोखराबाट आठ जुवाडेलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका– १२ मा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पक्राउ पर्नेहरूमा जुवा खेलाउने पोखरा– १२ चापापानी बस्ने ५२ वर्षीया मैतकुमारी गुरुङसँगै पोखरा– १०  रामबजार बस्ने ५० वर्षीया पञ्चमाया गुरुङ, पोखरा– ३० सिसुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, पोखरा– १२ फुलबारी बस्ने ५२ वर्षीया पूर्णिमा गुरुङ रहेका छन्।

यसैगरी, पोखरा– १६ दीप बस्ने वर्ष ४६ की रूपा गुरुङ, पोखरा– १३ बस्ने  वर्ष ५२ का देवीबहादुर गुरुङ, पोखरा– १२ फूलबारी बस्ने ४१ वर्षका धुतप्रसाद गुरुङ र मकवानपुरको हेटौँडा घर भई पोखरा– ११ रानीपौवा बस्ने ५५ वर्षीया कृष्णमाया रहेकाे प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने)सम्बन्धी मुद्दामा आइतबार जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

ad
ad