१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २२ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २२ आइतबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष कार्की सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २२ आइतबार १३:o५:oo

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन्।

शनिबार राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोस्राे जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा कार्की ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित भएका हुन्।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र, पेसा, व्यवसायमा संलग्न व्यक्तिहरू सम्मानित भए। रामेछापको सुनापति दोरम्बा सैलुङ र खाँडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आ–आफ्नो क्षेत्रबाट सेवा र योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको हो।

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की विगत एक दशकदेखि सर्टिङ–सुटिङ व्यवसायमा सक्रिय छन्। विभिन्न सामाजिक सेवाका काममा योगदान दिँदै आएका कार्कीले यसअघि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन्।