१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१८औँ वर्षमा मुक्तिनाथ विकास बैंक, राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:५९:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले १७औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ। यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि रु ५ लाखको आर्थिक सहयोग गरेको छ।

यसैगरी, बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन गरेको छ।

बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बाल आश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टबिन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ।

ad
ad