Skip This
मित्रमिलन सहकारी ठगी प्रकरण : पक्राउ परेका ६ पुर्पक्षका लागि कारागार चलान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १७ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o पौष १७ मंगलबार २२:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मित्रमिलन सहकारी ठगी प्रकरण : पक्राउ परेका ६ पुर्पक्षका लागि कारागार चलान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १७ मंगलबार २२:३o:oo

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका ६ अभियुक्त मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पपक्षका लागि कारागार चलान गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले अदालतमा मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश क्रषिराम आर्चायको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

कारागार चलान हुनेमा स्याङ्जा आँधीखोला गाउँपालिका–४ घर भई पोखरा–७ रत्नचोक बस्ने सहकारीका अध्यक्ष ३२ वर्षीय रमन पौडेल, स्याङजा वालिङ नगरपालिका– ११ धनपुरे स्थायी घर भई पर्वतको कुश्मा नगरपालिका–५ बस्ने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ५२ वर्षीय उदयबहादुर पराजुली, नुवाकोट तारकेश्वर गाउँपालिका– १ स्थायी घर भई हाल पोखरा– ८ रामघाट बस्ने सहकारीका संचालक समिति सदस्य ३५ वर्षीय गोपाल खनाल, पोखरा– १७ विरौटा बस्ने सहकारीका शेयर सदस्य ४२ वर्षीय बुद्धिसागर पौडेल, पोखरा– ६ खहरे बस्ने सहकारीका सल्लाहकार ३९ वर्षीय राजु बराल र पोखरा– २३ खोरपाखा स्थायी घर भई पोखरा– ११ फुलवारी बस्ने सहकारीका कार्यकारी अधिकृत २८ वर्षीय किरण अधिकारी छन् । 

अध्यक्ष पौडेल यसअघि नै एक अर्को बैंकिङ कसरमा पुर्पक्षका लागि थुनामा छन् । एक बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि पौडेल ४ कात्तिकदेखि बैंकिङ कसुर मुद्दामा पुर्पक्षको लागि कारागारम रहेका हुन् । 

अधिकारी पनि बैंकिङ कसुर मुद्दामा चार कात्तिकदेखि नै पुर्पक्षको लागि कारागारमै छन् । प्रमुख प्रशासकीय अधिकृत पराजुलीमाथि तत्कालीन सहकारी रजिष्टार हुँदा सहकारीको कार्यक्षेत्र विस्तारको अनुमति दिने क्रममा एक करोड पाँच लाख घुस लिएको आरोप छ ।

कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदनसहित ८ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान रिपोर्ट पेश गरेको थियो । प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गरेको छ ।

त्यसअघि ६ पुससम्ममा सात सय १४ बचतकर्ताले प्रहरीमा आफू ठगिएको भन्दै जाहेरी दिएका थिए । सहकारीमा रकम हिनामिना गरेको आरोप लागेका ३३ मध्ये अदालतबाट अनुमति लिएर १६ मंसिरमा प्रहरीले ३० जना र पछि तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये ६ पक्राउ मात्र परेका छन् । अन्य २७ जना फरार छन् ।