१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

तातोपानीका ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट र ग्यासचुलो वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२४:oo

पुसको दोस्रो सातासम्म हिमाली जिल्ला जुम्लाको तापक्रम माइनसमा झरेको छ । पानी पनि बरफ बनेको अवस्थामा तातोपानी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई ब्ल्यांकेटदेखि ग्यासचुलो वितरण गर्दै आएको छ।

आगो ताप्न जंगलमा दाउरा पाउन छोडेकाले न्यानो रहन र खाना पकाउन ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट र ग्यासचुलो वितरण गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए।

तातोपानी गाउँपालिका– २ का वडाध्यक्ष चन्द्रमान बुढाले उमेर ढल्कँदै गएका वृद्धवृद्धालाई वनमा गएर काठ–दाउरा ल्याउन सम्भव नभएकाले उनीहरूको सहजताका लागि ग्यासचुलो वितरण गरिएको बताए।

यसैगरी, तातोपानी गाउँपालिका– ६ ले लक्षित वर्गअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, गरिब, विपन्न, अपांगता भएका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको छ। लक्षित वर्गलाई कम्बल वितरण गरेपछि ज्येष्ठ नागरिकदेखि एकल महिलालाई निकै राहत पुगेको तातोपानी– ६ का ज्येष्ठ नागरिक काले विष्टले बताए।

लक्षित वर्ग कार्यक्रमअन्तर्गत वडाले यो वर्ष तीन लाख बजेट विनियोजित गरेको छ। सोही बजेटबाट तातोपानी– ६ का  एक सय ७० जनालाई कम्बल वितरण गरिएको वडाध्यक्ष विशाल खड्काले बताए।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पालिकाले हचुँवाका भरमा राहत दिनेभन्दा आवश्यकता पहिचान गरेर मात्रै राहत दिने गरेको बताए। उनले भने, ‘सरकारी राहत भन्नेबित्तिकै हुनेखानेहरू पनि आवेदन दिन आउँछन् । तर, हामीले बस्ती–बस्तीमा पुगेर वास्तविक विपन्न, आवश्यकता भएका व्यक्ति पहिचान गरेर वितरण गर्ने गरेका छौँ।’

पालिकाको सबैभन्दा दुर्गम क्षेत्र मानिने वडा नंं. ७ र ८ भेरीखोलाका ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा निःशुल्क यातायात सेवाको समेत व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए।

ad
ad