१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

क्रिमिया प्रायद्वीपमा रुसी जहाज ध्वस्त गरेको युक्रेनको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५६:oo

युक्रेनको वायुसेनाले मंगलबार क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोले किभविरुद्ध युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको दाबी गरेको छ। 

वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रुसी संघको ब्ल्याक सी फ्लिटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनले दाबी गरेको हो।

फिओडोसिया रुसी नौसेनाको कब्जा गरिएको क्रिमियन प्रायद्वीपस्थित आधार शिविर हो। स्रोतले बताएअनुसार सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशंका गरिएको छ।

वायुसेना कमान्डेन्ट माइकोला ओलेचचौकले फिओडोसियामा रहेको रुसी नौसैनिक आधारमा भएको विस्फोटको भिडियो पोस्ट गरेका छन्। 

ad
ad