१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिद्धार्थ बैंकको २१औँ वार्षिकोत्सव सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:५४:oo

सिद्धार्थ बैंकले २१औँ वर्ष पूरा गरेको छ। २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा वार्षिकोत्सव सम्पन्न गरेको छ। 

वार्षिकोत्सवमा अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरू, पूर्वसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीको उपस्थिति थियो।

बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्षसम्मको यात्रालाई समेटेर तयार पारेको ‘कफी टेबल बुक’ सार्वजनिक गरेकोे छ। 

सोही अवसरमा बैंकले आफ्ना पूर्वसञ्चालक समितिका सदस्य एवं पूर्वप्रमुख कार्यकारी अधिकृतलाई सम्मान गर्नुका साथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ। 

साथै बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको जनाएको छ। बैंकका अनुसार सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो। 

वार्षिकोत्सवका अवसरमा बैंकले काठमाडौं, नारायणघाट, नेपालगन्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो। 

ad
ad