१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अफलाइन ट्रिप गर्ने ४८ राइडर प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५७:oo

पठाओ र इनड्राइभको नाममा अनधिकृतरुपमा अफलाइन ट्रिप गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार ७५ वटा मोटरसाइकलसहित ४८ राइडरलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएकाले अफलाइन ट्रिप गर्ने राइडरहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सुरक्षा संवेदनशीलताको दृष्टिबाट जोखिम सृजना हुने भन्दै प्रहरीले अफलाइन राइड सेयर नगर्न सर्वसाधारण र सरोकारवालालाई आग्रह गरेको छ।

ad
ad