१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ४ शुक्रबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टास्क पूरा गर्न नसकेपछि गड्डाचौकी प्रहरीको सेट नै परिवर्तन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:२o:oo

भन्सार कार्यालयछेउमै रहेको कञ्चनपुरको एक प्रहरी युनिटको सेट नै परिवर्तन गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीको सिंगाे सेट नै जिल्ला प्रहरी कार्यालय तानिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले जिल्लाले दिएको टास्कअनुरूप इप्रका गड्डाचौकीले काम गर्न नसकेपछि जिल्ला तानिएको बताए।

एसपी थापाले नियमित प्रक्रियाअनुरूप इन्चार्जसहितका १६ जना प्रहरी जिल्ला तानिएको बताए। एकैपटक इन्चार्जसहित सिंगाे टिम जिल्ला तानिएपछि उक्त युनिटका इन्चार्जमाथि नै थप आशंका गरिएको छ।

भारतबाट सामान क्यारिङ गर्ने महिला तथा तस्करीमा संलग्न व्यक्तिहरूबाट अनुचित लाभ लिएको आरोपमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक (सइ) दिग्गज ठकुराठीसहितका १६ प्रहरीलाई बुधबार राति नै जिल्ला तानिएको प्रहरी स्रोतको दाबी छ।

एसपी थापाले भारतबाट साइकलमा सामान ओसारपसार गर्ने महिला तथा अन्य व्यक्तिहरूबाट अनुचित लाभ लिएको गुनासोपछि अनुसन्धानका लागि इन्चार्जसहितको सिंगाे टिमलाई नै जिल्ला तानिएको बताए। उनीहरूमाथि अनुचित लाभ लिए–नलिएको विषयमा अनुसन्धान गरिने उनले बताए। 

एसपी थापाले विगतदेखि नै इप्रकाका प्रहरीबारे गुनासा आइरहेको र सन्तोषजनक काम नदेखिएको कारण पनि फेरिएको दाबी गरेका छन्। इप्रका गड्डाचौकीबाट सइ ठगुराठीसहितको टिम जिल्ला झिकाएपछि उनको ठाउँमा वरिष्ठ सइ महेन्द्रसिंह थापालाई इन्चार्जको जिम्मेवारीसहित १६ जना प्रहरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी पठाइएको छ।

ad
ad