१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गाजा पट्टीमा हमासविरुद्ध कारबाहीमा उत्रिएको इजरायली सेना । तस्बिर : रोयटर्स
रासस तेल अभिव
२o८१ बैशाख १९ बुधबार १७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

तीन बन्धकको ‘गल्तीवश’ मृत्यु, इजरायलद्वारा दुःख व्यक्त

Read Time : > 1 मिनेट
रासस, तेल अभिव
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:३४:oo

इजरायलले गाजामा बन्धक बनाइएका तीन कैदीको गल्तीवश मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ। इजरायली सेनाले उक्त घटनालाई लिएर तेलअभिभमा भएको प्रदर्शनप्रति पनि सेनाले खेद व्यक्त गरेको छ।

इजरायली सेनाका अनुसार योतम हैम, एलन सम्रिज र समर अल–तलालकालाई गाजा सहरको सीमा क्षेत्रमा अप्रेसनको क्रममा गोली हानिएको थियो। हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीनजना पनि थिए।

इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भने, ‘सेजैयामा भएको लडाइँको क्रममा इजरायली रक्षा बल (आइडिएफ)ले गल्तीले तीनजना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो। फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए।’

‘आइडिएफ यस दुःखद घटनाको बारेमा गहिरो दुःख व्यक्त गर्दछ र परिवारको दुःखमा साझेदारी गर्दछ,’ हागारीले भनेका छन्। उनीहरूको शव इजरायलमा सारिएको थियो। अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय साम्रिज भएको पुष्टि भएको छ। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुःखद घटना’ भनेका छन्। ‘सम्पूर्ण इजरायली आफ्नो क्षतिप्रति दुःखी छन्,’ उनले भने। ह्वाइट हाउसले पनि यो घटनालाई ‘दुःखद गल्ती’ भनेको छ।

घटनाको खबर फैलिएपछि तेलअभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौँ मानिस भेला भएका थिए र नेतन्याहूको सरकारलाई हमास शासित क्षेत्रमा रहेका १२९ बन्धकको रिहाइका लागि आग्रह गरेका थिए।

प्रदर्शनकारीहरूले इजरायलको झन्डा र प्लेकार्ड बोकेका देखिन्थे। एउटा प्लेकार्डमा लेखिएको थियो, ‘हरेक दिन एकजना बन्धकको मृत्यु हुन्छ।’

‘मलाई डर लागिरहेको छ,’ हमासले बन्धक बनाएकी एक महिला इटे स्विस्कीकी बहिनी मेराभ स्विस्कीले भनिन्, ‘हामी अहिले नै बन्धकका लागि सम्झौता गर्नका लागि माग गर्छौँ।’

गत नोभेम्बरमा इजरायली जेलमा रहेका केही प्यालेस्टाइनीहरूको बदलामा १०० भन्दा बढी बन्धकहरूलाई हमासले मुक्त गरेको थियो। त्यसपछि त्यो सम्झौता अन्त्य भएको छ र लडाइँ फेरि सुरु भएको छ।

ad
ad