१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

केयूको २९औँ दीक्षान्तमा १८ सय भन्दा बढी विद्यार्थी दीक्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o४:oo

काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालय (केयू)को २९औँ दीक्षान्त समारोहमा एक हजार आठ सय ३८ विद्यार्थी दीक्षित भएका छन्।

बुधबार केन्द्रीय परिसर धुलिखेलमा भएको दीक्षान्तमा स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पिएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका तीन सय १४ जना, पिजिडी तहका ५२ जना र स्नातक तहका एक हजार चार सय १६ जनासहित कुल एक हजार आठ सय ३८ विद्यार्थी दीक्षित भएका हुन्।

तीमध्ये आर्टसका दुई सय नाै, एजुकेसनका दुई सय २५, इन्जिनियरिङका ३९, कानुनका ३९, मेनेजमेन्टका चार सय ४८, मेडिकल साइन्सेजका सात सय ७७ र साइन्सका एक सय एकजना छन्। दीक्षित हुने विद्यार्थीमध्ये पुरुष ४६.०३ प्रतिशत (६ सय ४६ जना) र महिला ५३.९७ प्रतिशत (नाै सय ९२ जना) छन्। विदेशी विद्यार्थी ६.१५ प्रतिशत छन्। भारत, श्रीलंका र माल्दिभ्स गरी तीन देशका एक सय १३ विदेशी विद्यार्थी दीक्षित भएका हुन्।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङअन्तर्गत मास्टर्स अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टिलिजेन्समा एकजनालाई, स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत मास्टर्स अफ साइन्स इन मिडवाइफ्री नर्सिङमा आठजनालाई र स्कुल अफ एजुकेसनअन्तर्गत मास्टर्स इन हाइयर एजुकेसनमा नाैजनालाई उपाधि प्रदान गरिएको छ।

स्नातक तहमा सबैभन्दा बढी ८४.२६ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ विराट मेडिकल कलेजकी सनम ढकाललाई भाइस चान्सलर स्वर्ण पदक, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए ३.८९ ल्याउने स्कुल अफ म्यानेटमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्ण पदक ३.७६ सिजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका अंकित सुवेदीलाई प्रदान गरियो।

स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८०.२९ प्रतिशत अंक प्राप्त गर्ने विराट मेडिकल कलेजकी संस्कृति श्री ढकाल र स्नातक तह (स्कुल अफ म्यानेटमेन्ट)मा सबैभन्दा बढी सिजिपिए ३.९७ प्रतिशत प्राप्त गर्ने सौगात बास्तोलालाई प्रदान गरिएकाे छ।

२९औँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा काठमाडौं विश्वविद्यालयबाट ४३ हजार एक सय २३ जना उत्तीर्ण भएका छन्।

ad
ad