Skip This
भैरहवा विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रदर्शन [तस्बिरसहित]
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Tuesday, 11 August, 2026
२o८o मङ्सिर २२ शुक्रबार १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भैरहवा विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रदर्शन [तस्बिरसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १३:२२:oo

उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि रुपन्देहीका उद्योगी– व्यवसायी आजदेखि सडकमा उत्रिएका छन्। 

रुपन्देहीमा रहेका करिब ३२ वटा संघसंस्थाको नेतृत्व गरेको सिद्धार्थ सञ्जाल रुपन्देहीले एक महिनादेखि विभिन्न आन्दोलनका कार्यक्रममार्फत सरकारलाई सचेत गराएको छ।

सरकारले माग सम्बोधन गर्नेतर्फ चासो नदिएपछि उद्योगी–व्यवसायी आजदेखि सडकमा उत्रिएको सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए। 

भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो। सरकारले आफ्ना माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए।