१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
२o८o मङ्सिर २१ बिहीबार १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यपहाडको सम्भावना खोज्न संकल्प यात्रा : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १५:o७:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सुरु गरेको बताएका छन्।  

झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा जिल्ला सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्नेखाले कार्यक्रम ल्याउने बताए। 

उनले अहिले जस्तोसुकै विकट ठाउँमा पनि सडक सञ्जाल र इन्टरनेट पुगेको बताए। पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्ध बनाउन बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिए। 

अध्यक्ष ओलीले भने, ‘हामी पश्चिम झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यसबीचमा हामीहरूले धेरै सम्भावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने र यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरूले योजना बनाउन थालेका छौँ।’

अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिसन २०८४ सफल पार्नुपर्ने बताए। मिसन सफल पार्न एमालेको एकल बहुमत आउन जरुरी रहेको उनको भनाइ थियो।