१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 09 May, 2025
गगन अयडी बाजुरा
२o८o मङ्सिर २१ बिहीबार १o:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शरीर तताउन रातमा आगो र दिनमा घाम पर्खन्छन् विपन्न बालबालिका 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १o:१२:oo

चिसो बढेसँगै बाजुरा जिल्लाको पूर्वीउत्तरी भेग जगन्नाथ गाउँपालिका– ४ का दलित तथा विपन्न बालबालिका चिसोको मारमा परेका छन् । आर्थिक अभावकै कारण कठ्याङ्ग्रिँदो चिसोमा एकसरो लुगा लगाएर बस्न बाध्य छन्।

एकसरो पातलो लुगा लगाएर आफ्नो पाँच भाइबहिनी  खेलाइरहेकी जगन्नाथ गाउँपालिका– ४ दलित टोलकी वर्ष १३ वर्षीया वसन्ती ढोली आर्थिक अवस्था कमजोर भएकै कारण आफू र आफ्ना पाँच भाइबहिनी एकसरो लुगा लगाएर चिसोमा बस्न बाध्य भएको बताउँछिन् ।असोज १६ गते गएको भूकम्पले घरमा  क्षति भएपछि बस्नका लागि वाससमेत नभएको उनले बताइन् ।  

शरीरमा लगाउने कपडा र  रातिमा ओड्ने–ओछ्याउने लुगा नहुँदा रातभर आगो बालेर बस्न बाध्य भएको उनले गुनासो गरिन् । बिहान उज्यालो हुनेबित्तिकै गाउँनजिकैको  उज्याली डाँडामा पुग्ने र  दिनभरि घाम तापेर शरीर न्यानो बनाउने गरेकाे वसन्ती ढोलीले बताइन्।

साँझ–बिहानको छाक टार्न बुबाआमा बिहान साहुको घरमा काम गर्न जाने भएकाले पाँच भाइको हेरचाह गर्ने जिम्मेवारी आफ्नो रहेको वसन्तीले सुनाइन् । 

वसन्तीका बुबा कालो ढोलीले ६ जना बालबालिका, आफू र श्रीमती गरी आठजनाकाे परिवार रहेको बताए । ढोलीले आफूसँग कमाइ खानालाई जग्गा नभएको दुखेसो गरे । ‘बस्नलाई सानो कच्ची घर थियो त्यो पनि यही असोज १६ गते गएको भूकम्पले पूर्ण क्षति बनायो,’ उनले भने ।