१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर २१ बिहीबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमान् हत्याको आरोपमा श्रीमती पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १o:oo:oo

उदयपुरको त्रियुगा नगरपालिका– ५ दमौटीबाट श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन् । ६० वर्षीय श्रीमान् श्यामकुमार राईको हत्या गरेको आरोपमा ४० वर्षीया श्रीमती नीरकुमारी राईलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिन्नद चौधरीका अनुसार गएको मंसिर १६ गतेबाट बेपत्ता भएका राईको शव प्रहरीले खोजतलास गर्दा गत बिहीबार घरनजिकैको वनबाट फेला पारेको थियो । प्रहरीका अनुसार श्रीमती नीरकुमारी राईले सामान्य घरायसी झगडामा श्रीमानको हत्या गरेको स्वीकार गरेकी छिन्।

सोही आधारमा प्रहरीले घटनास्थलबाटै नीरकुमारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । मृतक राई हराएको भन्ने खबरपछि स्थानीयहरू मिलेर खोजतलास गरिरहेका थिए। 

खोजतलासको क्रममा नजिकैको झाडीमा मानिसको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक राईको पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ।

घाँटी थिची हत्या गरेको तथा निजको छोरा सुरन राईको सहयोगमा जंगलमा लगी खाल्डो खनी पुर्ने कार्यमा संलग्नता रहेको खुल्न आएकोले निजहरू दुवैलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।