१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 29 June, 2024
‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ अन्तर्गत बुधबार गुल्मीको वामीमा आयोजित सभा । 
२o८o मङ्सिर २१ बिहीबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

समृद्धिका लागि एमालेलाई बहुमत आवश्यक : ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार o७:२o:oo

एमाले अध्यक्ष केपी ओलीले समृद्ध नेपालका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन् । उनले एमालेबाहेकले देश बनाउन नसक्ने दाबीसमेत गरेका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ को सन्दर्भमा गुल्मीको वामी आएका ओलीले एमालेको एकल बहुमतविना समृद्ध नेपाल निर्माण असम्भव भएकाले जनभावना बुझ्न पदयात्रा सुरु गरिएको बताए । 

यात्राका क्रममा एमालेप्रति जनताको ऊर्जा व्यापक देखिएकाले मिसन ०८४ का लागि योजनाबद्ध रूपमा काम गर्न एमाले नेता–कार्यकर्तालाई निर्देशन पनि दिए । देशका कुनाकाप्चाका जनताको समस्या, विकासको अवस्था र सरकारका कामबारे बुझ्ने मौका समृद्ध संकल्प यात्राले दिएको उनले बताए । भूकम्पपछिको राहत र पुनर्निर्माणमा सरकारको काम लज्जास्पद रहेको उनले आरोप लगाए । सामान्य पालमा सुत्केरी, शिशु र वृद्धवृद्धाको अवस्था कन्तविजोग रहेकाले सरकारले काममा तीव्रता दिनुपर्ने बताउँदै उनले भूकम्पमा अस्थायी आवास निर्माण र भग्नावशेष हटाउन खटिएका एमाले स्वयंसेवकले गरेको काम निकै उदाहरणीय रहेको भन्दै प्रसंशा गरे ।

‘सरकारलाई खबरदारीसँगै रचनात्मक सहयोग गर्छौँ’
एमाले अध्यक्ष ओलीले सरकारलाई खबरदारीसँगै रचनात्मक सहयोग गर्ने बताएका छन् । बुधबार बाग्लुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनले सरकारले गरेका नराम्रा कामको एमालेले निरन्तर खबरदारी गर्ने र राम्रा काममा सहयोग गर्ने बताए । ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए । उनले आफू मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा केही क्षेत्र अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल जोड्नतर्फ लाग्नुपर्ने भन्दै अब गाउँलाई प्रविधिसँग जोड्न जरुरी रहेको बताए । उनले लोकमार्गको विकाससँगै विकटका ठाउँसम्म हरेक पूर्वाधार जोडिँदै गएको बताए । 

ओलीले एमालेले बाढीपहिरो होस् या भूकम्प हरेक विपत्का पीडितको पीडामा मलम लगाउने काम गरेको बताए । ‘म जाजरकोट हुँदै आएको हुँ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र उनीहरूको आवास निर्माणमा सरकारले ध्यान दिन जरुरी छ,’ उनले भने, ‘भूकम्पका कारण घरबारविहीन भएका जाजरकोट र रुकुम पश्चिममा एमालेले १ मंसिरदेखि ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ । उनीहरूले निरन्तर काम गरेका छन् । हाल आठ सयभन्दा बढी अस्थायी घर निर्माण गरी हस्तान्तरण गरिसकेका छौँ ।’ एमालेले मध्यपहाडको अवस्था बुझेर यहाँको विकासका लागि खाका तयार गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्रा थालेको उनले बताए । 

ad
ad
ad
ad