१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

खाणलाई थुन्ने वा रिहा गर्ने विषयमा २८ मंसिरमा निर्णय हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२२:oo

नक्कली शरणार्थी प्रकरणका प्रतिवादी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको थुनछेकबारे अर्को बिहीबार निर्णय हुने भएको छ । गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजलासले उनी थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने विषयमा आदेश दिनेछ । 

शुक्रबार उच्च अदालत पाटनको संयुक्त इजलासले यस प्रकरणमा थुनामा रहेकाहरू तथा सरकारले दर्ता गराएको निवेदनमाथि अन्तिम आदेश दिएको थियो । तर, खाणको हकमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको फरक–फरक राय आएपछि तेस्रो न्यायाधीशको इजलासमा पेस हुने भएको हो । 

२८ मंसिरमा गोलाप्रथाबाट दुवै न्यायाधीशको रायसहितको प्रतिवेदन एक न्यायाधीशको इजलासमा पेस हुने उच्चका उपरजिस्ट्रार तीर्थराज भट्टराईले बताए । गत शुक्रबार उच्चले थुनामा रहेकामध्ये नौजनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चारजनालाई साधारण तारेखमा रिहा गर्ने फैसला सुनाएको थियो ।

पाटनका न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्न सकिने राय व्यक्त गरेका थिए भने न्यायाधीश खरेलले थुनामै राख्नुपर्ने फैसला गरेका थिए । पीडितसँग खाणले रकम नलिएको, अनुसन्धान अधिकारी र अदालतमा पनि इन्कारी बयान गरेको, मुद्दाका सहप्रतिवादीबाट पोल नभएको र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले समेत शरणार्थीसम्बन्धी प्रतिवेदनमा खाणको चासो नरहेको भनी बयान दिएकाले खाणलाई धरौटी लिई छाड्ने निर्णय पाण्डेले गरेका थिए । 

न्यायाधीश खरेलले भने जिल्लाकै आदेश सदर गर्नुपर्ने फैसला गरेका थिए । तत्कालीन गृहसचिव पाण्डे र केशव दुलालको मोबाइलको मेसेजका आधारमा खाणलाई तत्काल छाड्न नहुने उनको फैसलामा उल्लेख छ । दुई न्यायाधीशको एकमत हुन नसकेपछि फरक रायसहितको प्रतिवेदन तयार भएकोमा अब तेस्रो न्यायाधीशको इजलासमा त्यो पेस हुने भएको थियो । उच्च अदालत नियमावलीको नियम १२ अनुसार तेस्रो न्यायाधीश जसको रायमा सहमत हुन्छन्, त्यही उच्चको अन्तिम फैसला हुनेछ । 

ad
ad