१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेयर खरिद-बिक्रीबारे दूरसञ्चार प्राधिकरणलाई एनसेलको पत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

सेयर खरिद–बिक्रीबारे जानकारी गराउन एनसेलले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएकाे छ। 

एनसेलले कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कर्तव्य पालना गर्ने र उल्लिखित नियमावली तथा विनियमावलीका प्रावधानहरूको पूर्ण परिपालना गर्न प्रतिबद्ध रहेको जनाएको छ। 

यता एनसेलको सेयर खरिद–बिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले छानबिन गर्ने निर्णय गरेकाे छ। 

आजै सत्तागठबन्धनका दलहरूकाे बैठकले एनसेलको सेयर बिक्री शंकास्पद देखिएको निष्कर्ष निकाल्दै गम्भीर छानबिनका लागि सरकारलाई आग्रह गरेकाे छ।

यही विषयमा छलफल गर्न आजै अर्थ समितिको बैठक बोलाइएको छ। 

मलेसियन टेलिकम कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत हिस्सा (सम्पूर्ण सेयर) बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गर्ने सम्झौता गरेको शुक्रबार सार्वजनिक गरेको थियो।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामक निकायलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा कारोबार भएकाे भन्दै यसकाे चाैतर्फी आलाेचना भइरहेकाे छ। 

यस्ताे छ पत्र