१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पाटन अस्पतालमा स्तन क्यान्सरसम्बन्धी औषधि नि:शुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३३:oo

पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि नि:शुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पजिटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट नि:शुल्क उपलब्ध गराइने अंकोलोजिस्ट डा. अरुण शाहीले जानकारी दिए ।

उनका अनुसार नि:शुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ । ‘अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्रान्ड हो र यसले युएसएफडए मान्यतासमेत पाएको छ,’ उनले भने ।

म्याक्सले पाटन अस्पतालमा वितरण गरेका अरू क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट नि:शुल्क उपलब्ध हुने गरे पनि पछिल्लोपटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र नि:शुल्क वितरण हुने गरेको शाहीको भनाइ छ । उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च एक लाखभन्दा बढी पर्छ । 

ad
ad