१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८o मङ्सिर २० बुधबार o८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o८:११:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ । 

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका वेला मन्त्री श्रेष्ठकाे मुटुमा अचानक समस्या देखिएपछि त्यहाँ उनको उपचार गरिएको थियो।