Skip This
नाइजेरियामा सेनाको ड्रोन दुर्घटना हुँदा ८५ सर्वसाधारणको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर : एपी
रासस लागोस
२o८o मङ्सिर १९ मंगलबार १६:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियामा सेनाको ड्रोन दुर्घटना हुँदा ८५ सर्वसाधारणको मृत्यु

Read Time : < 1 मिनेट
रासस, लागोस
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १६:५८:oo

नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ।

उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मंगलबार उल्लेख गरेको छ।

यता सेनाले भने असावधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ। यद्यपि, सेनाले कुनै हताहतीको तथ्यांक दिएको छैन। तर, त्यहाँका बासिन्दाले भने ८५ जना मारिएकाे दाबी गरेका छन्।