Skip This
बिदेसिएका युवा अब देशको नेतृत्व गर्न स्वदेश फर्किनुपर्छ : अध्यक्ष तिमिल्सिना
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १९ मंगलबार १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिदेसिएका युवा अब देशको नेतृत्व गर्न स्वदेश फर्किनुपर्छ : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १४:३७:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गरेका छन्। विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउन स्वदेश फर्कन उनले आग्रह गरेका हुन्।

राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच बनाउन आवश्यक रहेको बताए। 

अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राखे। उनले भने, ‘राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइदिएनन् भनेर झोला बेकेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउन लाग्नुपर्छ। युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ। त्यसका लागि म सहयोग गर्न तयार छु।’ 

उनले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताए। अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उनको भनाइ थियो। 

राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका पनि राजनीतिबारे सचेत हुन आवश्यक रहेको बताए। उनले भने, ‘बालबालिका राजनीतिक प्रचारप्रसारमा लाग्न पाइँदैन, तर राजनीतिक ज्ञान हासिल गर्न आवश्यक छ।’

सम्मेलनका संयोजक तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले अब युवालाई देशमै बस्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्ने बताए।