१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटी एक्सप्रेसलाई  राष्ट्रिय अपांग कोषको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१८:oo

अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषले सम्मान गरेको छ । उक्त सम्मान सहरी विकासमन्त्री सीता गुरुङले हस्तान्तरण गरेकी हुन् । 

वैशाखमा सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत अपांग कोषलार्ई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकालाई सेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय अपांग कोषलार्ई उक्त रकम सहयोग गरेको थियो ।

राष्ट्रिय अपांग कोषले वार्षिक एक हजार पाँच सय अपांगता भएका व्यक्तिका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ । 

ad
ad