१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

बाक्लाे हिमपातले हुम्लाका कृषक दंग [तस्बिरहरू]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५८:oo

विगत १०–१५ वर्ष पहिले हुम्ला जिल्लामा अत्यधिक हिमपात हुने गरेको पाइन्थ्यो। एक बस्तीबाट अर्को बस्ती पुग्न मुस्किल हुन्थ्यो। ५–६ फिट हिउँ पर्ने गरेको अनुभव चंखेली गाउँपालिका– ४ का ७५ वर्षीय साउने रोकाय बताउँछन्। 

पछिल्ला केही वर्षयता हिउँ नै देखिन छोडेकामा उनले चिन्ता व्यक्तसमेत गरे। जति हिउँ पर्‍याे अन्नबाली पनि राम्रो हुने सप्रिने गरेको रोकायको भनाइ छ। 

हिउँ कम परेको वेला अन्न उत्पादन पनि कम हुन्छ, हिउँ धेरै पर्नु कृषक लागि राम्रो हुने गरेको रोकायको अनुभव छ।

‘पहिले-पहिले हुम्लामा अत्यधिक मात्रामा हिउँ पर्थ्यो, वर्षभरिजस्तो हिउँले ढाकिएका हिमाल र डाँडाकाँडा चाँदीझैँ टल्किन्थे,’ चंखेली गाउँपालिका– ५ का ७४ वर्षका चुनाम तामाङ बताए। 

हिउँको उखान

हुम्ला जिल्लाका अधिकांश गाउँबस्तीका बुढापाकाहरूको उखान छ– पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला । पुस महिनामा परेको हिउँ छिट्टै नपग्लन भएपछि शिला भनिएको हो।

माघ महिनामा परेको हिउँ तापक्रम बढिसक्ने भएकाले छिट्टै पग्लने भएपछि बिला भनिएको हो। फागुन महिनामा परेको हिउँ यताउता हिँडडुल गर्दागर्दै पग्लने भएपछि टिलाफिला भनेर बुढापाकाहरूको उखान छ।
 
हिउँ परेसँगै कृषकको मुहारमा खुसी

सर्केगार्ड गाउँपालिका– ३ की २८ वर्षीया शाेभा फडेरालाई यस वर्ष हिउँ नपर्ने चिन्ताले साह्रै सताएको थियो। सोमबार बिहान हिउँ परेपछि शाेभा हर्षित छिन्। मंसिरमै हिउँ परेपछि जेठासी बाली राम्रो हुने भन्दै उनले खुसी व्यक्त गरिन्। 

यस वर्ष समयमै हिउँ परेपछि मंसिरमा छरेर जेठमा भित्र्याउने बाली राम्रो हुने संकेत देखिएको भन्दै किसान हर्षित बनेका छन्। यस्तै, जति बाक्लो हिमपात हुन्छ चैत–वैशाख महिनामा छर्न सुरु हुने कात्तिके बाली कोदो, फापर, चिनो, मार्से लट्टे, भटमास सिमी, कागुनो, आलु आदि उत्पादन राम्रो हुन्छ। 

सोमबार हिउँ परेसँगै हुम्लामा हिउँसँग रमाउनेहरूको बिहानैदेखि लर्को छ। हिउँमा तस्बिर खिच्नेदेखि टिकटक बनाउनेहरूको भिड लागेको छ। सदरमुकाम सिमकोटका रानीवन, शिवमन्दिर, विमानस्थलआसपास, आफ्ना बारीहरूमा टिकटक बनाउने तथा तस्बिर खिच्नेकाे संख्या ठूलो देखिन्छ। 


 

ad
ad