१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय ।
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर १७ आइतबार १९:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री हेरफेरको सम्भावना तत्काल छैन : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर १७ आइतबार १९:३४:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तत्काल कुनै सम्भावना नरहेको बताएका छन् । 

युएईको दुबईमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप– २८ मा सहभागी भएर आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 

सरकारबाहिर रहेका दललाई पनि सहभागी गराउने गरी मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य चलिरहेको चर्चा छ भनी सञ्चारकर्मीले प्रधानमन्त्रीलाई जिज्ञासा राखेका थिए । 

‘सरकार गठनको वेलादेखि नै चर्चा धेरै भयो । अहिले गठबन्धनभित्र त्यस्तो कुनै छलफल भएको छैन । प्रधानमन्त्रीका रूपमा मेरो दिमागमा पनि तत्काल त्यस्तै कुनै कुरा छैन । यसमा कुनै सत्यता छैन,’ प्रधानमन्त्रीले भने ।