१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Friday, 09 May, 2025
विष्णु शर्मा राकम कर्णाली
२o८o मङ्सिर १७ आइतबार १७:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राकम कर्णालीबाट ओलीले भने– प्रतिगमनका दिवास्वप्न देख्नु देशद्रोह हो

Read Time : > 1 मिनेट
विष्णु शर्मा, राकम कर्णाली
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार १७:o७:oo

एमाले अध्यक्ष केपी ओलीले अहिलेको अवस्थामा प्रतिगमनका कुरा गर्ने र परिवर्तनलाई समस्या भयो भन्ने व्यक्तिहरू सबै देशद्रोही भएको टिप्पणी गरेका छन्।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को चौथो दिन कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित सभालाई सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने तत्वहरू जनताको हित नचाहने देशद्रोही भएको बताए।

‘गठबन्धनको सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशालाई मौकाको रूपमा लिएर प्रतिगमनका दिवास्वप्न देख्नु देशद्रोहबाहेक केही होइन,’ अध्यक्ष ओलीले भने, ‘प्रतिगमनको कुरा गर्नु विकासविरोधी, परिवर्तनविरोधी, नेपाल र नेपालीको हितविपरीतबाहेक केही होइन।’

बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको तीन दिनको सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा निराशा मात्रै छाएको ओलीले दाबी गरे। उनले सत्ता टिकाउन अनियमितता, कमिसन र तस्करी भइरहेको र त्यसले जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने हो कि भन्नेसम्मको अनुभूति गर्ने अवस्था आएको जिकिर गरे।

‘नेपाललाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिन्छ’
दैलेख र अछामको सिमानामा पर्ने राकमको पलुमा यात्रा गर्दै ओलीले यस्ता महत्वपूर्ण प्राकृतिक स्रोत र साधनहरू कर्णालीमा प्रशस्त मात्रामा रहेको र यसको सदुपयोग गरेर नेपाल दुनियाँको आकर्षक गन्तव्य बन्न सक्ने बताए।

एमालेले दुर्गम ठाउँहरूको विकास, हिमाल, पहाड, तराई र मधेसका सबै पेसा व्यवसायहरूको समृद्धि गर्ने, कृषिको आधुनिकीकरण गर्ने, देशलाई औद्योगीकरणतर्फ लग्ने, व्यापार सन्तुलन गर्ने नीति लिएको बताउँदै सारा नेपालीलाई शिक्षित बनाएर छोड्ने, निरोगी नेपालको परिकल्पना एमाले र यसको नेतृत्वले लिएको बताए।

अभियान सुरु भएको चौथो दिन कर्णाली प्रवेश गरेको उल्लेख गर्दै ओलीले तीन दिनको कर्णाली बसाइका क्रममा गहिरो अध्ययन गर्ने बताए। एमालेको सरकारका पालामा ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन अभियान सञ्चालन गर्दा सामरिक महत्वको राकम कर्णालीमा अस्पताल बनाउने कामको सुरुवात आफैँले गरेको बताए।