१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवराज पनेरू डडेल्धुरा
२o८१ बैशाख २० बिहीबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चिहान पुगेको राजतन्त्र फर्कन सक्दैन : ओली

Read Time : > 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३२:oo

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने ओलीकाे दाबी

एमाले अध्यक्ष केपी ओलीले मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयास भइरहेको बताएका छन् । ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत डडेल्धुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्व सलबलाएको बताए । तर, त्यस्तो षड्यन्त्र पूरा नहुने उनको दाबी गरे । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने ओलीकाे दाबी

ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने दाबीसमेत गरे । ‘प्रचण्ड नेतृत्वको यो सरकार कसैले ढाल्नुपर्दैन,’ ओलीले भने, ‘यो सरकार हल्लिराख्या छ । चर्‍याकमर्‍याक, मर्‍याकमर्‍याक भइराख्या छ । यो सरकार आफैँ ढल्न पनि सक्छ ।’ 

‘सरकार कमजोर हुँदा कतिपय प्रतिगामी शक्तिहरू टाउको उठाउन खोजिरहेका छन्,’ ओलीले भने, ‘देशको कुभलो चाहनेहरू, नेपाली जनताको एकता देख्न नसक्नेहरू, देशमा शान्ति सुव्यवस्था भएको देख्न नचाहनेहरू नेपाली जनताका बीचमा वैमनष्यता, झैझगडा लगाउन खोजिरहेका छन् ।’ ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने दाबीसमेत गरे । ‘प्रचण्ड नेतृत्वको यो सरकार कसैले ढाल्नुपर्दैन,’ ओलीले भने, ‘यो सरकार हल्लिराख्या छ । चर्‍याकमर्‍याक, मर्‍याकमर्‍याक भइराख्या छ । यो सरकार आफैँ ढल्न पनि सक्छ ।’ 

जनताको समस्या पहिचान गर्न र समस्या समाधान गर्नका लागि एमालेले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको उनले बताए । मध्यपहाडी लोकमार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यकर्तालाई धन्यवाद दिए । प्रचण्ड–माधवको षड्यन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाएको भन्दै उनले धन्यवाद दिएका हुन् । ‘सबै षड्यन्त्रलाई परास्त गरेर पार्टी जोगिएको छ,’ उनले भने, ‘पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ । देशी–विदेशी सारा शक्ति लगाएर पार्टीलाई सिध्याउन लाग्दा पनि पार्टी सकिएन ।’ 

उनले एकताबद्ध भएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिए । ‘प्रचण्ड षड्यन्त्र भए, माकुने षड्यन्त्र भए, अरू षड्यन्त्र भए, तर ती सबै षड्यन्त्रलाई पराजित गरेर पार्टी जोगाउनुभएको छ । अब थप एकताबद्ध भएर अगाडि बढ्नुहोस्,’ उनले भने । उनले गठबन्धन सरकार भ्रष्टाचार गर्ने अराजकतालाई नजानिँदो तरिकाले संरक्षण गर्ने नीतिमा चलेको आरोप लगाए । 

सरकार कसको नीतिमा चलेको छ भन्ने प्रश्न गर्दै उनले भने, ‘माओवादीले कांग्रेस बोकेर क्रान्ति गर्ने, ढकिया बोकेर क्रान्ति गर्ने अनि माओवादीलाई काँधमा बोकेर कांग्रेसले लोकतन्त्र ल्याउने ? खोइ उहाँहरूको नीति ? कसको नीतिमा चल्दै छ अहिलेको सरकार ? प्रचण्डको नीतिमा कि शेरबहादुरको नीतिमा, कि माधवको नीतिमा ?’ एमालेले बैतडीको झुलाघाटबाट बिहीबारदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित विशेष अभियान सुरु गरेको हो ।

ad
ad