१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगदरहित सेवा सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२१:oo

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापश्चात् आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगदरहित हस्पिटलाइजेसस प्राप्त गर्न सकिने बताइएको छ।

उक्त सम्झौतापत्रमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका सञ्चालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका हुन्।

सो अवसरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफ्ना ग्राहकलाई आइजिआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको बताए।

उनले अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औषधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन आह्वानसमेत गरेका छन्।

ad
ad