Skip This
संघको वर्गीकरण गर्ने तयारीमा राखेप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १५ शुक्रबार o६:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

संघको वर्गीकरण गर्ने तयारीमा राखेप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार o६:o२:oo

खेल क्षेत्रमा लामो समयदेखि क्रियाशील खेलविज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्यसचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेस गर्ने व्यवस्था रहेको छ । यसैअनुरूप राखेपका पूर्वसदस्यसचिव युवराज लामाको संयोजकत्वमा सात सदस्यीय खेलको वर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको छ ।

सदस्यहरूमा राखेपका पूर्वउपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी)का सहमहासचिव पीताम्बर तिम्सिना, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्टस् फेडरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई रहेका छन् । प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई छन् ।

खेल संघलाई क्रियाशील बनाई खेलकुद गतिविधिको कार्यान्वयनमा प्रभावकारिता ल्याउन बुधबार सदस्यसचिव टंकलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो । कार्यदलले विस्तृत अध्ययन गरी २१ दिनभित्र सदस्यसचिवलाई प्रतिवेदन पेस गर्नु पर्नेछ ।

घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल संघलाई प्रभावकारी ढंगले अगाडि बढाउन क्रियाशील छन् । उनको कार्यकालमा २४ संघले निर्वाचन सम्पन्न गरिसकेका छन् । कराँते, शारीरिक सुगठन, मुवाँथाई र पेन्टाथलन संघको एकीकरणसमेत भइसकेको छ । खेल संघको संख्यालाई २ अंकमा झार्ने अभियानमा सदस्यसचिव छन् ।