Skip This
मध्यपहाडी संकल्प यात्रामा एमाले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १५ शुक्रबार o६:२९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मध्यपहाडी संकल्प यात्रामा एमाले

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार o६:२९:oo

बैतडीको झुलाघाटबाट सुरु भएको १९औँ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने संकल्प यात्रामा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने २६ जिल्लाका नागरिकसँग प्रत्यक्ष भलाकुुसारी गर्दै, अभियानलाई राष्ट्रिय शक्तिको रूपमा प्रयोग गर्ने र राष्ट्र निर्माणका लागि योजना बनाउने घोषणा

यात्रा सुरु गर्दै बैतडीबाट ओलीले भने– 
- अहिले सालिक बनाएर महाराजाधिराज भनेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्र र  लोकतन्त्रको विरोध गर्ने दुस्साहस भइराख्या छ । हामी रैती हुन सक्दैनौँ । फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास हुन जन्मिन्छ, कोही धनी हुन, कोही गरिब हुन जन्मिन्छ भनेर मान्दैनौँ ।

- म प्रधानमन्त्रीबाट हटाइएपछि यो अढाई वर्षमा देशको राजनीति अस्थिरतामा गयो । अर्थतन्त्र ओरालो लाग्यो । रोजगारीका अवसर समाप्त भए । कृषिको आधुनिकीकरण भएन । उद्योगधन्दा खोल्ने त कुरै छोडिदिऊँ, भएका पनि बन्द हुँदै गए ।

प्रमुख प्रतिपक्षी दल एमाले मध्यपहाडी संकल्प यात्रामा निस्किएको छ । अध्यक्ष केपी ओलीले मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु बैतडीको झुलाघाटमा बिहीबार बिहान ८:३० मा राष्ट्रिय झन्डा फहराएर ‘समृद्धिका लागि संकल्प यात्रा २०८०’ सुरु गरेका हुन् । 

विभिन्न स्थानमा सभा, अन्तक्र्रिया र स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको यात्रा २ पुसमा लोकमार्गको पूर्वी बिन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ । यात्राको पहिलो दिन बैतडी सदरमुकाम गोठालापानीमा पहिलो सभा गरेको छ । सभालाई सम्बोधन गर्दै ओलीले प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको भन्दै आफूहरू गणतन्त्रबाट पछाडि फर्किएर रैती र दास नबन्ने चेतावनी दिएका छन् । 

‘अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर महाराजाधिराज भनेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको छ, लोकतन्त्रको विरोध गर्ने दुस्साहस भइराख्या छ,’ उनले भने, ‘तसर्थ म हाम्रा दाजुभाइ, दिदीबहिनीहरूलाई भन्न चाहन्छु– हामी पछाडि फर्कन सक्दैनौँ, फेरि हामी रैती हुन सक्दैनौँ । हामी फेरि छुवाछुत र अनेक प्रकारका प्रथाहरूतर्फ फर्किन सक्दैनौँ । फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास हुन जन्मिन्छ, कोही धनी हुन, कोही गरिब हुन जन्मिन्छ भनेर मान्दैनौँ ।’ 

ओलीले देशमा लोकतान्त्रिक प्रणाली भए पनि प्रक्रियामा गम्भीर कमीहरू आएको बताए । त्यसले अन्योल र निराशा बढाउँदा जनता पलायन हुने क्रम बढेको र प्रतिगामी शक्तिहरू सक्रिय बन्न थालेको उनको टिप्पणी छ । 

‘आज लोकतान्त्रिक प्रणालीको उचित ढंगले अभ्यास हुन सकेको छैन । यसैकारण कमिसनतन्त्र बढेको छ, तस्करी बढेको छ,’ उनले भने, ‘देशको बेहाल अवस्था भएकाले जनतामा अन्योल र निराशा बढ्दै गएको छ । जनता पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन थालेका छन् ।’ देशमा गरिबी, अभाव र भोकमरी अन्त्यका लागि सरकार गम्भीर बन्नुपर्ने उनको सुझाव छ । 

अध्यक्ष ओलीले यात्रा अभियानलाई राष्ट्रिय शक्तिको रूपमा प्रयोग गर्ने पनि बताए । ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा आमजनतासँग भेटघाट, भलाकुुसारी, संवाद गर्दै जानेछौँ,’ उनले भने, ‘यसलाई राष्ट्रिय शक्तिको रूपमा प्रयोग गर्नेछौँ, राष्ट्र निर्माणका लागि योजना बनाउन अघि बढेका छौँ ।’

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको दूरी एक हजार सात सय ७९ किलोमिटर छ । २६ जिल्लामा हुने यो यात्रालाई ओलीले ‘जाडो महिनाको गरम अभियान’ भनेका छन् । ओलीले वर्तमान सरकारले विकासको लय समात्न र राष्ट्रियताको पक्षमा बोल्न नसकेको आरोप पनि लगाए । ‘हामीले सरकार छोडेपछि, म प्रधानमन्त्रीबाट हटाइएपछि यी अढाई वर्षमा देशको राजनीति अस्थिरतामा गयो । यी अढाई वर्षमा देशको अर्थतन्त्र ओरालो लाग्यो । रोजगारीका अवसर समाप्त भए । कृषिको आधुनिकीकरण भएन । उद्योगधन्दा खोल्ने त कुरै छोडिदिऊँ, भएका पनि बन्द हुँदै गए,’ उनले भने, ‘व्यापारी–व्यवसायीहरू हतोत्साही भए । ऋणको ब्याज तिर्न सकेका छैनन्, साँवाको कुरा छोडिदिऊँ । देश झन्झन् अप्ठ्यारोमा पर्दै छ । अहिले कर्मचारी पाल्ने पनि पैसा सरकारसँग छैन । सरकारले आन्तरिक ऋण उठाएर कर्मचारी पाल्नुपर्ने अवस्था पहिलो चार महिनामा परेको छ भने कस्तो अवस्था होला ।’ 

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको पुष्पलाल राजमार्ग आफू सरकारका हुँदा प्राथमिकताको योजना भएकाले अहिले त्यसको अवस्था बुझ्न र त्यस आसपासमा बसोवास गर्ने जनताको कुरा सुन्न संकल्प यात्रा सुरु गरेको उनको भनाइ थियो । निर्माण ठप्प भएको पुष्पलाल राजमार्ग तीन वर्षमा हामीले अगाडि बढायौँ । हामीले छोडेपछि फेरि जस्ताको त्यस्तै छ,’ उनले भने, ‘तर, अहिले हामी यो राजमार्गलाई हेरौँ, यस राजमार्गको पुनर्निर्माणलाई पनि हेरौँ, यहाँका जनताका समस्यालाई पनि हेरौँ, यहाँका बेरोजगारीका समस्यालाई कसरी सामाधान गर्न सकिन्छ, त्यो पनि हेरौँ ।’ 

ओलीले आफ्नो पालामा विकासका धेरै काम भएको दाबी गरे । ‘सरकारलाई तुइन विस्थापित गरेर पुल बनाएकोमा पिर छ । सरकारलाई बाटाघाटा बनाएकोमा पिर छ । म प्रधानमन्त्री हुँदा विभिन्न करिडोर, पूर्व–पश्चिम हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम रेल, जनकपुरमा रेल कति काम भए भनेर साध्य छैन,’ उनले भने, ‘भुइँचालोमा भत्किएका घर तीन वर्षमा बने । बारा–पर्सामा आँधी–तुफानले भत्काएका घर बनायौँ ।’

ओलीले बैतडी अनेक अग्रज र योद्धाहरूको जिल्ला भएको भन्दै चर्चा गरे । यहाँ सहिद, लेखक, कलाकारले ख्याति कमाएको बताए । सहिद दशरथ चन्द बैतडीका हुन् । उनको स्मृतिमा राष्ट्रिय प्रतिष्ठान बनाउन पार्टीले पहल गर्ने आश्वासन दिए । उनले आफू प्रधानमन्त्री छँदा सीमानाका झुलाघाटमा पक्की पुल निर्माण गर्न उत्तराखण्डका मुख्यमन्त्री र गभर्नरलाई साथमा राखेर भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता गरेको पनि दाबी गरे । 

‘म भारत भ्रमण गएको वेला दार्चुलाका माननीयज्यूलाई पनि सँगै लगेर पुल बनाउन भारततर्फ जमिन नमिलेको विषयमा कुरा गरेर समाधान खोजियो । विभिन्न ठाउँमा झोलुंगे पुलहरू बनायौँ । तुइनहरू विस्थापित गर्‍यौँ,’ उनले भने, ‘ठेकेदारको कमजोरीले एउटा तुइन बाँकी रहेछ । त्यसमा एउटा दुर्घटना भयो । भारततर्फका सुरक्षाकर्मीले नगर्नुपर्ने काम गरे । हाम्रो एकजना व्यक्तिको धामीजी (जयसिंह धामी)को निधन भयो, देश रोयो । तर, त्यतिवेला हामी सरकारबाट हटेपछि एउटा गठबन्धन भन्ने सरकार मुखमा भोटेताल्चा लगाएर बस्यो । चुइँक्क बोलेन ।’ 

उनले पहिचानका नाममा नागरिकलाई विभाजन गर्न खोजिएको आरोप पनि लगाए । एमालेले नै पहिचानको सवाल सबैभन्दा बढी सम्बोधन गरेको र संविधानमै समानुपातिक समावेशिताका सिद्धान्त सामेल गराएको उनको दाबी छ । ‘पहिचानको राजनीति भनेको अरूलाई घृणा गर्ने, निषेध गर्ने, अरूमाथि हमला गर्ने, हिंसा फैलाउने, अराजकता र आतंक मच्चाउने हुन सक्दैन,’ उनले भने ।