१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिसेम्बर २ मा सोल्टी होटेलमा क्रिसमस बजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२२:oo

डिसेम्बर २ का दिन सोल्टी होटेलमा विशेष क्रिसमस बजार आयोजना हुने भएको छ । एवन बजारको रूपमा लामो समयदेखि सक्रिय उमन अफ नेपाल (एवन)ले सञ्चालन गर्दै आएकोे च्यारिटेबल सेलिब्रेसन भएको बताइएको छ । 

टर्किस एयरलाइन्स, नेपाल एयरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज इन्टरनेसनल स्कुल प्रायोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदूतपत्नी जेन क्रिल थोम्पसनले गर्ने एवनले जनाएको छ । उनी एवनकी अनररी प्रेसिडेन्टसमेत छन् ।

एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअप कम्पनी, अर्गानिक उत्पादन विभिन्न किसिमका स्थानीय उत्पादन, फेसनवेयर, ट्राभललगायतका स्टल रहने आयोजकको भनाइ छ । विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले आफ्नो रुचिका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिइने एवन बजारबाट संकलित रकमसमेत एवनका च्यारिटेबल कार्यमा खर्चिने गरिएको बताइएको छ ।

७५ वर्षअगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याट्सले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो ।विभिन्न समय र परिस्थितिमा एवनले आफ्नो सहयोगलाई निरन्तर अगाडि बढाउँदै आएको बताइएको छ । प्रवेश निःशुल्क रहेको एवन बजारले बिहान नौ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

ad
ad