![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/jumla-laltin-desk2023-11-28-04-40-16.jpeg)
लागुऔषधको कारोबार र प्रयोग रोकथाम एवं नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय जुम्लामा डेस्क स्थापना गरिएको छ। लागुऔषध नियन्त्रण गर्न प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा जिल्ला लालटिन समन्वय डेस्क समिति गठन भएको हो।
कर्णालीमा लालटिन अभियान कार्ययोजना ०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चन्दको संयोजकत्वमा नाै सदस्यीय समन्वय डेस्क समिति गठन गरिएको हो।
समितिको सदस्यमा चन्दननाथ नगरपालिका– ४ का अध्यक्ष नवराज देवकोटा, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्रबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका खरिददार रामकृष्ण पाण्डे, चन्दननाथ माविका शिक्षक पवन न्यौपाने, कर्णाली टिन च्यालेन्ज ड्रग रिहाबिलिटेसन समितिका अध्यक्ष सुवास बुढा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सनत न्यौपाने र प्रहरी सहायक निरीक्षक रहेका छन्।
प्रहरी नायब निरीक्षक प्रह्लाद कार्कीका अनुसार कर्णाली प्रदेश कार्यालय सुर्खेतबाट निर्माण भएको ‘कर्णालीमा लागुऔषधविरुद्ध लालटिन कार्ययोजना २०८०’ अन्तर्गत जुम्लामा सञ्चालित क्रियाकलाप, गतिविधिको अनुगमन र मूल्यांकन गरी आवश्यक नीति तथा कार्यक्रम बनाउन समिति गठन गरिएको हो।
प्रहारीको तथ्यांकअनुसार जुम्लामा आर्थिक वर्ष ०७८/७९ मा सातवटा, आव ०७९/८० मा १२ वटा र चालू आवको मंसिर दोस्रो सातासम्म आठवटा लागुऔषधका मुद्दा दर्ता भएका छन्।