१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ११ सोमबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुबाको हत्या आराेपमा छोरा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १२:४३:oo

झापाको कमल गाउँपालिकामा बुबाको हत्या आराेपमा छोरा पक्राउ परेका छन्।

कमल- ४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।  

उनका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुबाको घटनास्थलमै मृत्यु भएको थियो। आशिषले बुबाको टाउको र दाहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ। हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ।

कमल– ४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको रिजालले बताए।