१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Wednesday, 26 June, 2024
२o८o मङ्सिर ११ सोमबार ११:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यी हुन् जवान देखिने आठ उपाय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार ११:o३:oo

स्वस्थ निद्रा र नियमित व्यायामजस्ता उपायले जैविक (शरीरको बुढो हुने गति) गतिलाई ६ वर्षसम्म ढिला गर्न सकिने अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ । आठवटा स्वस्थकर उपाय अवलम्बन गरेर यस्तो उपलब्धि हासिल गर्न सकिने निष्कर्षमा वैज्ञानिकहरू पुगेका हुन् ।

शरीरको तौल नियन्त्रण, मधुमेह, कोलेस्ट्रोल र रक्तचाप (ब्लड प्रेसर) नियन्त्रण, पर्याप्त निद्रा र स्वस्थकर खानपान, नियमित शारीरिक व्यायाम, धूम्रपान नगर्नेलगायत बानीले जैविक बुढ्यौलीको प्रक्रियालाई ढिलो गराउन सकिने उनीहरूले औँल्याएका छन् । अध्ययनले यी उपायहरू अपनाउँदा मुटुको स्वास्थ्य राम्रो हुने देखाएको छ, जसले बुढ्यौलीको जैविक गतिलाई ६ वर्षसम्म घटाउन सक्छ । 

६ हजार पाँच सयभन्दा बढी वयस्कको तथ्यांकमा आधारित अध्ययनको यो निष्कर्ष फिलाडेल्फियामा आयोजित अमेरिकन हार्ट एसोसिएसन (एएचए)को ‘साइन्टिफिक सेसन्स कन्फ्रेन्स’मा प्रस्तुत गरिएको हो । अनुसन्धानकर्ताहरूका अनुसार मुटुको स्वास्थ्य राम्रो भएका व्यक्तिको शरीर उनीहरूको वास्तविक उमेरभन्दा जैविक रूपले लगभग ६ वर्ष कान्छो रहेको पाइयो । ‘यी निष्कर्षहरूले हामीलाई कालानुक्रमिक उमेर र जैविक उमेरबीचको सम्बन्ध तथा स्वस्थ जीवनशैलीको अनुशरणले कसरी लामो समयसम्म बाँच्न मद्दत गर्न सक्छ भनेर बुझ्न सहयोग गर्छ,’ एएचएको स्वास्थ्य मूल्यांकन उपकरण ‘लाइफ्स एसेन्सियल ८’ को लेखन समूहका अध्यक्ष डोनाल्ड लोयड जोन्सले भने ।

६ हजार पाँच सयभन्दा बढी वयस्कको तथ्यांकमा आधारित रहेर अमेरिकी वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार  मुटुको स्वास्थ्य राम्रो भएका व्यक्तिको शरीर उनीहरूको वास्तविक उमेरभन्दा जैविक रूपले औसत ६ वर्ष कान्छो रहेको पाइयो  
 

एएचएका भूतपूर्व स्वयंसेवक अध्यक्ष लोयड जोन्सले भने, ‘जोकोही पनि लामो समयसम्म बाँच्न चाहन्छन् । तर, सबैभन्दा महŒवपूर्ण कुरा, हामी स्वस्थ रहन चाहन्छौँ । ता कि हामी वास्तवमै जीवनको आनन्द उठाउन र सकेसम्म धेरै वर्षसम्म राम्रो जीवन बिताउन चाहन्छौँ । हामी स्वस्थ रहन सकौँ ।’

‘लाइफ्स एसेन्सियल ८’को उद्देश्य जीवनशैलीका चारवटा परिवर्तनीय उपाय र स्वास्थ्यका चारवटा परिवर्तनीय मार्कर (संकेत÷सूचक)हरूको आधारमा मुटुको स्वास्थ्यलाई परिभाषित गर्नु रहेको छ । कुनै पनि व्यक्तिको फेनोटाइपिक वा जैविक उमेर मापन गर्न अनुसन्धानकर्ताहरूले उनीहरूको मेटाबोलिजम (शरीरका कोषहरूमा हुने रासायनिक प्रतिक्रिया जसले खाएको कुरालाई ऊर्जामा परिवर्तन गर्छ), अंगहरूको कार्य तथा सुजन/जलनको जाँच गरेका थिए ।

फेनोटाइपिक (जेनोटाइप वा कोषमा निहित जिन र वातावरणको प्रभावस्वरूप शरीरमा देखिने अर्थात् अवलोकनयोग्य विशेषता) आयुको वृद्धिदर (गति) भनेको व्यक्तिको जैविक उमेर र वास्तविक उमेरबीचको भिन्नता हो । यसको उच्च मानले शरीरको बुढ्यौलीको क्रम तीव्र भएको संकेत गर्छ । सामाजिक, आर्थिक र जनसांख्यिकीय कारकहरूको लेखाजोखा गरेपछि अनुसन्धाताहरूले यी लाइफ्स एसेन्सियल ८ (स्वस्थ जीवनका सर्त)को अंक उच्च हुनु (अर्थात् कार्डियोभास्कुलर स्वास्थ्य राम्रो हुनु) जैविक उमेर करिब ६ वर्षले कम हुनुसँग सम्बन्धित रहेको पाएका थिए ।

न्युयोर्क सहरस्थित कोलम्बिया युनिभर्सिटी इरभिङ मेडिकल सेन्टरको मेलम्यान स्कुल अफ पब्लिक हेल्थमा इपिडिमियोलोजी (सरुवा रोग विज्ञान)का सहायक प्राध्यापक तथा यो अध्ययनका वरिष्ठ अुनसन्धाता नूर मकारेमले भने, ‘फेनोटाइपिक उमेरले मापन गर्दा हामीले उच्च कार्डियोभास्कुलर स्वास्थ्यको सम्बन्ध जैविक बुढ्यौलीको सुस्तपनसँग जोडिएको पायौँ । हामीले डोज–डिपेन्डेन्ट एसोसिएसन अर्थात् मुटुको स्वास्थ्य बढ्दा जैविक बुढ्यौली घट्दै जाने कुरा पत्ता लगायौँ ।’

‘हामीले अध्ययन गरेकाहरूमा मुटुको स्वास्थ्य राम्रो भएकाहरूको औसत वास्तविक उमेर ४१ वर्ष थियो, तर उनीहरूको औसत जैविक उमेर भने ३६ वर्षको थियो । जब कि, कार्डियोभास्कुलर स्वास्थ्य राम्रो नभएका वा खराब भएकाहरूको औसत वास्तविक उमेर ५३ वर्ष थियो भने उनीहरूको औसत जैविक उमेर ५७ वर्ष पाइएको थियो,’ माकरेमले भने, ‘लाइफ्स एसेन्सियल ८ मेट्रिक्सको अधिक पालना र कार्डियोभास्कुलर स्वास्थ्यमा सुधारले तपाईंको शरीरको बुढ्यौलीको प्रक्रियालाई कम गर्न सक्छ र यसका फाइदा धेरै छन् ।’

अमेरिकन हार्ट एसोसिएसनले उल्लेख गरेका आठ उपाय यस्ता छन् :
१. स्वस्थ आहार 
२. सक्रिय जीवनशैली 
३. धूम्रपान त्याग्नुस्
४. स्वस्थ निद्रा
५. स्वस्थ तौल कायम राख्ने
६. कोलेस्ट्रोल नियन्त्रण राख्ने
७. मधुमेहलाई ठीक राख्ने 
८. रक्तचाप व्यवस्थापन गर्ने ।
–द गार्जियनबाट

ad
ad
ad
ad