१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Friday, 09 May, 2025
रासस नाब्लस
२o८o मङ्सिर १० आइतबार १६:३९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायली सेनाले वेस्ट ब्यांकमा आठजनाको हत्या गर्‍यो : प्यालेस्टाइन

Read Time : > 1 मिनेट
रासस, नाब्लस
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार १६:३९:oo

इजरायली सेनाले उसले कब्जा गरेको वेष्टस्ट ब्यांकमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ।

जेनिनमा ठूलो संख्यामा सशस्त्र सवारीसाधनसहित घुसपैठ गरेर इजरायली सेनाले पाँचजनाको गोली हानी हत्या गरेको मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार करिब २० वर्षमा वेस्ट ब्यांकमा यो सबैभन्दा घातक इजरायली हमला हो।

चिकित्सा स्रोतले १५ मानिस घाइते भएको एएफपीलाई बताएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एक इजरायली ड्रोनले जेनिनको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो। अन्य प्रत्यक्षदर्शीहरूका अनुसार शनिबार इजरायली सेनाले जेनिनको सार्वजनिक अस्पताल र इब्न सिना क्लिनिकलाई घेरेको थियो र सैनिक एम्बुलेन्स खोजिरहेको थियो। उनीहरूले स्वचालित हतियारका साथ ठूलो लडाइँ भएको पनि जानकारी दिएका छन्।

इजरायली सेनाले उसले वेस्ट ब्यांकको उत्तरमा रहेको प्यालेस्टिनी सशस्त्र समूहरूको गढ जेनिन शरणार्थी शिविरमा रातभर ‘आतंकवादीविरोधी गतिविधिहरू’ गरेको बताएको छ। अगस्टमा दुई इजरायलीको हत्या गर्ने आक्रमणका संदिग्ध अपराधीलाई पक्राउ गरेको सेनाले बताएका छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलका अनुसार शनिबार जेनिननजिकै कबातियामा एक २५ वर्षीय चिकित्सकको उनको घरबाहिर हत्या भएको छ। रामल्लाह सहरनजिकै एल–बिरेहमा एक प्यालेस्टिनीको पनि मृत्यु भएको र नाब्लसको दक्षिणमा एक गाउँमा इजरायली सेनाको हमलाका क्रममा अर्का एक प्यालेस्टिनीको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासले इजरायली सीमापार गरेको हमलापछि वेस्ट ब्यांकमा हिंसा बढेको देखिएको छ। हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए।

हमास सरकारका अनुसार इजरायलले गाजामा बमबारी र स्थल कारबाहीका साथ प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब १५ हजार मानिस मारिएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा वेस्ट ब्यांकमा दुई सय ३० भन्दा बढी प्यालेस्टिनीलाई इजरायली बासिन्दा र सैनिकले मारेका छन्।