
प्रतियोगितामा प्रथम भएसँगै इन्द्रेणी युवा क्लब रातोले नगद एक लाख पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता इन्द्रेणी युवा क्लब निलोले ६० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ
लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि मर्स्याङ्दी- ७ इन्द्रेणी युवा क्लब रातोले जितेको छ । हरिबोधनी एकादशीको अवसरमा आयोजिना गरिएको खुला भलिबल प्रतियोगितामा मर्स्याङ्दी- ७ नयाँगाउँकै इन्द्रेणी युवा क्लब निलो उपविजेता बनेको छ ।
खुला भलिबल प्रतियोगितामा प्रथम भएसँगै इन्द्रेणी युवा क्लब रातोले नगद एक लाख पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता इन्द्रेणी युवा क्लब निलोले ६० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।
एकादशी मेला ०८० को अवसरमा मंसिर ७ गतेदेखि ९ गतेसम्म आयोजना गरिएको मेलामा सांस्कृतिक, भलिबल र छेलो प्रतियोगिताको आयोजना गरिएको थियो ।
हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा आयोजना गरिने मेलाले संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटनको विकास, होमस्टे गाउँहरूको प्रचारप्रसारमा सहयोग पुग्ने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।