Skip This
रेडियन्टको सहज जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ९ शनिबार o६:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रेडियन्टको सहज जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार o६:४२:oo

आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले नवौँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर पुरुषमा  शुक्रबार सहज जित निकालेको छ । घरेलु कोर्टमा रेडियन्टले श्री नवीन ज्योतिलाई २०–१६ ले पराजित गर्‍यो । रेडियन्ट सुशंकेत बनेपालीले ६ स्कोर गरे । 

पुष्पसदनले ग्रिन लाउन्सलाई १८–१५ ले हरायो । पुष्पसदनका जेसनले १२ स्कोर गरे । सिनियर पुरुषमा ज्ञानोदयले ओएसिसलाई २७–२४ ले हरायो । निसर्ग वाटिकाले पुष्पसदनमाथि ३१–२९ को जित निकालेको छ । विल्सन एकेडेमीले एक्सेल पब्लिकलाई ३३–१५ र बिग बुद्धले एलआरआईलाई ३४–२८ ले पाखा लगाए । सिनियर महिलामा द एक्सेल्सियरले ओएसिसलाई २३–६ ले पराजित गर्‍यो । जेसेसले ज्ञानोदयलाई १५–१२ ले पन्छायो ।

एक्सेल्सियरकी एकिना घिमिरेले १४ तथा जेसेसकी स्मृति थापाले २१ स्कोर गरेका थिए । खेलअघि प्रतियोगिताको रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी र भाइस प्रिन्सिपल शुभद्रा कुँवरले संयुक्त रूपमा उद्घाटन गरे । सिनियर पुरुषमा २४ टोलीले भाग लिएको आयोजकले जनाएको छ । जुनियर पुरुष र सिनियर महिलामा समान १२ टोली छन् ।