१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ८ शुक्रबार १५:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुदूरपश्चिम महोत्सव २२ मंसिरबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १५:५८:oo

सुदूरपश्चिम महोत्सव यही मंसिर २२ बाट हुने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको तयारी थालिएको जनाएको छ।

धनगढीमा १० दिनसम्म सञ्चालन हुने महोत्सवस्थलमा चार सयवटा व्यावसायिक स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए। महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ।

महोत्सवमा व्यावसायिक कृषि तथा स्थानीय कला, संस्कृतिको प्रदर्शनलाई प्राथमिकता दिइने अध्यक्ष कुँवरले बताए। १७ वर्षदेखि बर्सेनि हुँदै आएको महोत्सवले यहाँको कृषि, कला, संस्कृतिसँगै सुदूरपश्चिमका सम्भावनाहरूलाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संघको दाबी छ।

यसपालिको महोत्सवमा पनि स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको अध्यक्ष कुँवरले बताए। ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, संस्कृति, कला, खानपान, भाषाको संरक्षणमा महोत्सवले योगदान गर्दै आएको छ,’ उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिनेछ।’

महोत्सवको तयारीका लागि मूल आयोजक समिति, सांस्कृतिक समिति, प्रायोजक व्यवस्थापन समितिलगायत विभिन्न समितिहरू गठन गरिएको संघले जनाएको छ।