पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत सनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो।
यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ।