Skip This
बढी कर तिर्ने ग्लोबल आइएमई बैंक सम्मानित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार o९:o७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बढी कर तिर्ने ग्लोबल आइएमई बैंक सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार o९:o७:oo

ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । आव ०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेसँगै सबैभन्दा बढी आयकर तिर्ने बैंक बनेको हो । 

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन कार्यक्रममा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने बैंकका रूपमा ग्लोबल आइएमईलाई सम्मान गरेको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको बैंकले 
जनाएको छ । 

चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको ग्लोबल आइएमई बैंकले हाल विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा स्थापित रहेको दाबी गरेको छ । देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा हाल देशभरमा तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको बैंकले जनाएको छ ।

रेमिट्यान्स कम्पनीमा पनि आइएमई पहिलो
रेमिट्यान्स कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा आइएमई लिमिटेड सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजस्व विभागले आइएमई लिमिटेडलाई सम्मान गरेको हो । 

विशेष समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतलेबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । आव ०७८/÷७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये  रेमिट्यान्सतर्फ सबैभन्दा बढी आयकर बुझाउन सफल भएको आइएमई लिमिटेडले जनाएको छ । 

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको दाबी गरेको छ । साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक–पटक सम्मानित हुँदै आएको जनाइएको छ । हाल कम्पनीले दुई सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा नेपालीले कमाएको रकम नोपलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको जनाएको छ ।