१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o६:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्यामुएल्सलाई ६ वर्ष प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१९:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन स्यामुएल्सलाई म्याच फिक्सिङ प्रकरणमा दोषी ठहर गर्दै ६ वर्षका लागि सबैखाले क्रिकेटबाट प्रतिबन्ध लगाएको छ । इमिरेट्स क्रिकेट बोर्ड (इसिबी)को एन्टीकरप्सन संहिता तोडेको आरोपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले निलम्बन गरेको हो । उनलाई ६ वर्षका लागि सबैखाले क्रिकेटमा प्रतिबन्ध लगाएको छ । 

युएईको टी–१० लिगका दौरान उनले फिक्सिङसँग सम्बन्धित नियम तोडेका थिए । २०१९ मा अबुधाबीमा भएको टी–१० मा उनी कर्नाटक टस्कर्समा थिए, तर सहभागिता जनाएनन् । २०२१ मा उनमाथिको चार अभियोगमा अहिले आइसिसीले दोषी ठहर गरेको हो । यो प्रतिबन्ध ११ नोभेम्बर २०२३ देखि लागू हुनेछ । वेस्ट इन्डिजले २०१२ र २०१६ को आइसिसी टी–२० विश्वकप जित्दा उनी मुख्य खेलाडी थिए । उनले दुवै संस्करणमा वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाएका थिए ।

स्यामुएल्सले वेस्ट इन्डिजबाट अन्तिमपटक २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । २०२० नोभेम्बरमा उनले क्रिकेटका सबै फम्र्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका थिए । त्यही वर्ष नै उनले सन्न्यास घोषणा गरेका थिए । 

२००८ मा स्यामुएल्स म्याच फिक्सिङमा मुछिएपछि प्रतिबन्धमा परेका थिए । ‘स्यामुएल्स लगातार दुई दशक क्रिकेटमा आबद्ध छन्, उनले टी–१० लिगमा फिक्सिङ गरेको प्रमाण हामीसँग छ, यसै आधारमा कारबाही गरिएको हो,’ आइसिसीका एचआर प्रमुख एलेक्स मार्सलले भने, ‘यद्यपि, उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि फ्रेन्चाइज लिग खेल्ने सम्भावना छ ।’