१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ७ बिहीबार ११:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकाको सन्तुलित आहार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार ११:४४:oo

बच्चाको विकासका लागि सन्तुलित आहार अपरिहार्य छ । ६ महिनासम्म आमाको दूध मात्रै दिनुपर्छ । अरू दूध दिनुहुँदैन । कतिपयले आमाको दूध नदिएर बट्टाको दूध पनि दिने गर्छन् । तर, आमाको दूधजस्तो पोषिलो केही हुँदैन । बच्चालाई झोलिलो खानेकुरा दिनुपर्ने हुन्छ । बच्चा ठूलो हुँदै गएपछि खानाको मात्रा पनि बढाउनुपर्छ । खानामा प्रोटिन, कार्बाेहाइड्रेट खनिज पदार्थ, फ्याटको मात्रा मिलाउनुपर्छ । 

- आमाको दूध बच्चाका लागि स्वस्थ र तन्दुरुस्त पार्ने सबैभन्दा उत्तम आहार हो । त्यसैले स्तनपान बच्चाका लागि सबैभन्दामहत्वपूर्ण हुन्छ । स्तनपानले सुत्केरी आमा र बच्चा दुवैको स्वास्थ्यका लागि सकारात्मक भूमिका खेलिरहेको हुन्छ । आमाको दूधले रोगसँग लड्ने क्षमताको विकास गर्छ । ६ महिनासम्म बच्चाको रोगसँग लड्ने क्षमता विकास भएको हुँदैन । 

- ६ महिनापछि दूधसँगै अन्य ठोस खानेकुरा पनि खुवाउन सकिन्छ । त्यसपछि आमाको दूध मात्रै खुवाएर पुग्दैन । आमाको दूधले मात्रै पोषण पुगिरहेको हुँदैन । हामीले खाइरहेको खानेकुरा खुवाउँदा राम्रो हुन्छ ।  घरमा पकाइएका स्वस्थकर खानेकुरामा जहिले पनि जोड दिनुपर्छ । नरम बनाएर खुवाउँदा निकै राम्रो हुन्छ । कार्बाेहाइड्रेड, प्रोटिन, फ्याट पनि उत्तिकैमहत्वपूर्ण हुन्छ । साथै, फाइबर डाइट पनिमहत्वपूर्ण हुन्छ । 

- बच्चालाई प्रोटिनयुक्त खानेकुरामा माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ । अन्डाको सेतो र पहेँलो भाग मिसाएर दिन सकिन्छ । ६ महिनामाथिका बच्चालाई एउटा अन्डाले आवश्यक पर्ने क्यालोरी, प्रोटिन र भिटामिन पुग्छ । 

- बिस्तारै ठूलो हुँदै गएपछि सागसब्जी, गेडागुडी दिनुपर्छ । फलफूल र सागसब्जीका माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, फाइबरलगायत परिपूर्ति गर्न सहयोग गर्छ । शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ । जसले गर्दा बच्चालाई खानेकुरामा फलफूल र सागपात समावेश गर्न जरुरी हुन्छ । 

- मनतातो पानी खुवाउनुपर्छ । चिसो पानी हुँदैन । भिटानमिन डी प्राप्त हुने खानेकुरा पनि शरीरका लागि आवश्यक हुन्छ । साग, गेडागुडी, ताजा फलफूल आवश्यक पर्छ । 

- एक वर्ष पूरा भएपछि बच्चाहरूमा कब्जियतको समस्या भएको पनि पाइन्छ । तीन–चार दिनसम्म दिसा नहुने, दिसा गर्दा पनि एकदमै साह्रो खालको गर्ने । यो पनि आहारमै निर्भर रहन्छ । त्यसैले सन्तुलित आहार एकदमै जरुरी हुन्छ । हिजोआज बिस्कुट पनि खुवाउने गरिन्छ । यो राम्रो होइन । सागसब्जी र गेडागुडी पर्याप्त खुवाउनुपर्छ । 

बच्चाले खान नमाने के गर्ने ?
- सानो बच्चालाई खाना खुवाउनु चुनौतीपूर्ण हुन्छ । भोक लाग्दा उनीहरूले भोक लाग्यो भन्न सक्दैनन् । अहिलेको जीवनशैली व्यस्त रहेकाले बुबा आमा दुवैले बिहान–बेलुकी अफिसमा काम गर्नुपर्ने हुन्छ । त्यसकारण उनीहरूले पर्याप्त समय पनि दिन सकिरहेका हुँदैनन् । अधिकांशले बच्चालाई खाना खुवाउनै गाह्रो पर्छ भनेर गुनासो गर्ने गरेका छन् । खाना खुवाउन नसकेर बाबुआमाले अनेक उपाय रचेका हुन्छन् । प्रायजसो बच्चाले अभिभावकको माया खोज्छन् । आमाबुबाले प्रशस्त समय दिनुपर्छ, खाना खुवाउने वेलामा । 

- आमाहरूले पकाएको खानेकुरा एकैपटक खाओस् भन्ने सोच्छन् । तर, खाने नली सानो हुन्छ, आन्द्रा सानो हुन्छ, खाने क्षमता पनि कम हुन्छ । त्यसैले एकैपटक धेरै खान दिनुहुँदैन । तालिका बनाएर खाना खुवाउनुपर्छ । उनीहरूले खानाको स्वाद परिवर्तन गर्न खोज्छन् । एउटै खाना पनि पटक–पटक दियो भने खान मान्दैनन् । त्यसैले उनीहरूले कस्तो खाना रुचाउँछन् भन्ने कुराको विचार गरेर खुवाउनुपर्छ । 

- तीन–चार घन्टाको ग्यापमा खुवाउनुपर्छ । खानाको स्वादमा विषेश ध्यान दिनुपर्छ । 

ad
ad
ad
ad