Skip This
चाडपर्वपछि सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ४ सोमबार १५:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चाडपर्वपछि सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार १५:१९:oo

तिहार र छठ बिदापछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

सोमबार नेप्से १.३९ अंकले बढेर एक हजार आठ सय ५३.४८ बिन्दुमा कायम भएको छ। नेप्से बढे पनि ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेको छ।

आज दुई सय ८४ कम्पनीका ३३ लाख १९ हजारभन्दा बढी कित्ता सेयर एक अर्ब नौ करोड ९३ लाख रुपैयाँबराबरमा कारोबार भएको छ। सोमबार कारोबार रकममा सुधार आएको देखिन्छ। तिहारअघिको अन्तिम कारोबार दिनमा ८१ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो।

यस दिन नेप्सेका १३ मध्ये चार समूहको सूचक घटेका छन् भने बाँकी समूहको सूचक बढेका छन्। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.९१ प्रतिशतले घटेको छ। यसैगरी, व्यापार समूहको सूचक सर्वाधिक १.४२ प्रतिशतले बढेको छ।

सोमबार ग्लोबल आइएमई लघुवित्त, कर्णाली विकास बैंक र समाज लघुवित्तका लगानीकर्ताले क्रमशः ९.९८ प्रतिशत, ९.९६ प्रतिशत र ८.०७ प्रतिशतले कमाएका छन्। तर, फरवार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।।