१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
२o८o मङ्सिर ३ आइतबार ११:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमकमा तीन सय छठघाट निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार ११:४२:oo

छठपर्वका लागि दमकमा यस वर्ष झन्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिएका छन्।

मैथिली सेवा समितिको आयोजनामा संस्थागत रूपमा मनाइँदै आएको छठमा गत वर्षभन्दा यस वर्ष घाट निर्माणमा वृद्धि भएको छ। गत वर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए। 

छठमा पछिल्लो समय रुचि र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रूपमा लिएर घाट संख्या पनि बढाइएको मैथिली सेवा समिति, दमकका अध्यक्ष कृष्ण साहले बताए। 

दमक– ७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठपूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको छ। विपन्न र असहायलाई २५ घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइएको अध्यक्ष साहले जानकारी दिए। ‘पैसा नभएर आफ्नो संस्कार–संस्कृति मनाउनबाट कोही वञ्चित हुनु नपरोस् भनेर घाट तयार गरेका छौँ,’ उनले भने। 

छठस्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरको नगर प्रहरी तैनाथ गरिएको छ। यहाँ ठाउँठाउँमा शौचालय निर्माण गरिएका छन्।

मैथिली सेवा समितिले संस्थागत रूपमा ०६३ देखि दमकमा छठपर्वको सामूहिक पूजा सञ्चालन गर्दै आएको हो।