Skip This
बहुयुद्ध र बहुराष्ट्रिय भूराजनीति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Saturday, 13 July, 2024
मार्क लियोनार्ड
२o८o मङ्सिर ३ आइतबार १o:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बहुयुद्ध र बहुराष्ट्रिय भूराजनीति

Read Time : > 2 मिनेट
मार्क लियोनार्ड
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार १o:५o:oo

मध्यपूर्वको राजनीतिलाई हल्लाउने हमासको इजरायलमाथिको आक्रमण र युक्रेनमा जारी रुसी युद्धले विश्वलाई थप बहुध्रुवीयतातर्फ धकेल्दै लगेको छ 

संयुक्तराज्य अमेरिकामा ‘युरोपियन काउन्सिल अन फरेन रिलेसन्स’को नयाँ कार्यक्रमको उद्घाटनका लागि वासिङ्टनको यात्रामा रहँदा मैले गत हप्ताको अधिकतर समय दुई काममा बिताएँ : ह्वाइट हाउस, रक्षा र विदेश विभाग(मन्त्रालय)का अधिकारीहरूसँग विश्वको अवस्थाबारे कुरा गरेर अनि इसिएफआरको पछिल्लो विश्वव्यापी जनमत सर्वेक्षणको नतिजाबारे घोत्लिएर । मलाई सबैभन्दा बढी अचम्म लागेको कुराचाहिँ के भने, अमेरिका युक्रेनमाथिको रुसी आक्रमण र इन्डो–प्यासिफिक क्षेत्रमा चीनको अतिक्रमणविरुद्ध सहयोगी एवं मित्रराष्ट्रहरूलाई एकताबद्ध गर्न सफल भए तापनि अमेरिकी अधिकारीहरू विकसित पछिल्ला अन्तर्राष्ट्रिय परिस्थितिबारे गहिरो रूपमा अनिश्चयमा रहेछन् ।

सन् २०२२ को फेब्रुअरीमा जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिए, राष्ट्रपति जो बाइडनले तत्कालै यसलाई नियममा आधारित विश्व व्यवस्थामाथिको आक्रमणको रूपमा निन्दा एवं भत्र्सना गरे । उनले संशोधनवादी निरंकुशताका विरुद्ध विश्वका लोकतन्त्रहरूलाई परिचालन गर्न ठूलो मिहिनेत गरे । उनको प्रशासनले अहिले एटलान्टिक र इन्डोप्यासिफ क्षेत्रका आफ्ना सहयोगी(मित्र)हरूबीच नयाँ सम्बन्ध निर्माण गर्ने दिशामा हासिल गरेको प्रगतिमा गर्व गर्नु पनि उचितै हो । 

जापान, अस्ट्रेलिया र दक्षिण कोरियाले युक्रेनको प्रत्याक्रमण प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । दक्षिण कोरियाले त युक्रेनलाई यति धेरै गोलाबारुद आपूर्ति गरेको छ कि ह्वाइटहाउसका अधिकारीहरूले पूर्वी युक्रेनमा जारी प्रत्याक्रमणलाई ‘दक्षिण कोरियाली प्रत्याक्रमण’ उल्लेख गर्न थालेका छन् । यसबीच अमेरिकाका युरोपेली मित्रराष्ट्रहरूचाहिँ इन्डोप्यासिफिक र ताइवानसँग बढी संलग्न भएको देखिन्छ । अमेरिकाले युक्रेनको सहयोगलाई निरन्तरता दिँदैगर्दा एसियामा आफ्नो गठबन्धनलाई मजबुत पनि बनाइरहेको छ । यो नतिजा बाइडेनको फराकिलो विश्व दृष्टिकोणअनुरूपकै देखिन्छ । लोकतान्त्रिक मुलुकहरूको एकीकृत यो खेमाले अहिले रुस र चीनको सामना गरिरहेको छ । 

तर, अहिले यो दृष्टिकोणलाई दुई मोर्चामा चुनौती दिइँदै छ । पहिलो, इजरायलले गाजामाथि गरिरहेको हमलाले गर्दा युक्रेनमाथिको रुसी आक्रमणलाई हेर्ने दृष्टिकोणमाथि समेत प्रश्न उठाइरहेको छ । पहिलेदेखि नै ग्लोबल साउथ (र पश्चिममा)का धेरैले युक्रेन युद्धलाई विश्वका धेरै द्वन्द्वमध्ये एक मात्र हो भनेर तर्क गरिरहेका थिए, गरिरहेका छन् । अमेरिकी अधिकारीहरू राजनीतिक ध्यान र युद्धसामग्रीलाई लिएर यो नयाँ प्रतिस्पर्धाका बारेमा चिन्तित छन् । यो चिन्ता तब बढ्नेछ जब मध्यपूर्वको द्वन्द्व चर्किनेछ । अथवा अझ अशुभ रूपमा भन्दा, एउटा ठूलो घरेलु आतंकवादी घटनालाई उत्प्रेरित गर्नेछ । पुटिनको युक्रेनमाथिको आक्रमणले पश्चिमलाई एक ठाउँमा ल्याइदिएको भए पनि इजरायल–प्यालेस्टाइनको प्रश्नमा बाह्य र आन्तरिक विभाजनले यो एकता टुक््रयाउने खतरा छ ।

दोस्रो, २१ देशका २५ हजार मानिसहरूमाझ गरिएको हाम्रो सर्वेक्षणमा अधिकांश उत्तरदाताहरूले बाइडनको शैली वा दृष्टिकोणलाई अस्वीकार गरे । यसको अर्थ उनीहरू लोकतन्त्र र निरंकुशताको पक्षमा विभाजित पक्षमध्ये एकलाई छनोट गर्नुपर्ने कुरा स्वीकार गर्दैनन् । यसको सट्टा, अधिकांश देशका बहुमत उत्तरदाता आपूm ‘ए ला कार्टे (बहुध्रुवीय) विश्वमा’ बाँचिरहेको विश्वास गर्छन् । हुन त, थुप्रै मानिस पश्चिमका लोकतान्त्रिक मूल्य–मान्यताप्रति आकर्षित छन्, तर उनीहरू कुनै विशेष मोडेलको पूर्ण अनुकरणको सट्टा विभिन्न प्रणालीहरूबाट आफूलाई मन पर्ने तत्वहरूको चयन र छनोट रुचाउँछन् ।

फलस्वरूप संसारभरका मानिस युरोपेली नरम शक्तिको प्रशंसा गर्छन् । अमेरिकी सुरक्षा प्रत्याभूतिको कदर गर्छन् र चीनलाई सबभन्दा आकर्षक आर्थिक साझेदारको रूपमा हेर्छन् । छान्नु नै पर्दा अधिकांश उत्तरदाताले अझै पनि चीनभन्दा अमेरिकालाई नै रोज्नेछन् । तर, यस्तो छनोटको सामना गर्नुपर्ने कुरामा धेरै कमले मात्रै विश्वास गर्छन् । यसर्थ, अधिकांशले पश्चिमी मूल्य–मान्यताका लागि युक्रेनले लडिरहेको युद्धको प्रशंसा गर्छन्, तर पश्चिमले लिएको युद्धका लक्ष्यहरू उनीहरूलाई मन परेको छैन । बरु, युक्रेन पराजय नै भए पनि होस्, तर जतिसक्दो चाँडो यो द्वन्द्व अन्त्य होस् भन्ने चाहन्छन् उनीहरू । बाइडेन प्रशासनका लागि अझ बढी चिन्ताको विषय के छ भने ताइवानलाई लिएर अमेरिका र चीनबीच युद्ध भएमा अधिकांश युरोपेलीहरू तटस्थ रहन रुचाउँनेछन् ।

पश्चिमका धेरैको धारणा नियममा आधारित विश्व व्यवस्थाबाट लाभ उठाएका देशहरू यसको प्रतिरक्षामा अरू पनि सामेल भइदिऊन् भन्ने चाहन्छन् भन्ने छ । तर, इन्डोनेसिया र दक्षिण अफ्रिकाले परिस्थितिलाई फरक तरिकाले हेर्छन् । उनीहरूले बहुपक्षीय संस्थाहरूको विघटनलाई स्वागत गर्नेछन् । सधैँ ठूला शक्तिहरूको पक्षपोषण गर्ने, आफूहरूलाई दयाको पात्रका रूपमा हेर्ने र आफ्नो पर्याप्त प्रतिनिधित्व नभएका यस्ता अन्तर्राष्ट्रिय संस्था विघटनमा उनीहरू खुसी नै हुनेछन् । मानिसहरू विश्वमा विकल्प चाहन्छ । यसैले सबैभन्दा ठूला संशोधनवादी शक्ति रुस र चीन वास्तवमा विकल्प दिने सवालमा स्थापित शक्तिहरूजत्तिकै आकर्षक हुनु आवश्यक छैन ।

निसन्देह, मैले भेटेका धेरैजसो अमेरिकी नीति–निर्माताहरूले खासगरी सैन्य सन्दर्भहरूमा अझै पनि ग्लोबल साउथको सान्दर्भिकतामाथि प्रश्न उठाएका छन्, विशेषगरी अमेरिकाले उन्नत लोकतन्त्रबीचको सम्बन्धलाई बलियो बनाएको अहिलेको अवस्थामा । तर, जनसांख्यिकीय, आर्थिक र सैन्य दृष्टिले ग्लोबल साउथका धेरै देश थप महत्वपूर्ण हुँदै गएका छन् । यो कुरालाई नकार्न सकिँदैन । यदि उनीहरूले अमेरिका र चीनमध्ये एकलाई रोज्न आवश्यक ठानेनन् भने, विश्व चाँडै बहुध्रुवीय हुनेछ ।

अमेरिकाले आफ्ना मित्र र सहयोगीहरूलाई विवाहका पक्षका रूपमा हेर्छ । तर, ती साझेदारमध्ये धेरैचाहिँ आफूहरू बहुसम्बन्धको संसारमा बाँचिरहेको विश्वास गर्छन्, जहाँ लाभहानिका आधारमा साझेदार नियमित रूपमा परिवर्तन हुन सक्छन् । अमेरिकी नीति–निर्माताहरू भारतसँग यसमा अभ्यस्त हुन सक्लान्, तर चीन र रुसतर्फ लहसिएर इजरायल वा साउदी अरेबियाले एकाएक सम्बन्धविच्छेद गरे भनेचाहिँ उनीहरू के भन्छन् ? ताइवानको संवेदनशील र महत्वपूर्ण मुद्दामा युरोपेलीले समेत आफ्ना विकल्प खुला राख्न चाहनेछन् ।

–प्रोजेक्ट सिन्डिकेटबाट

(युरोपेली परिषद्का विदेश सम्बन्धका निर्देशक लियोनार्ड ‘द एज अफ अनपिस : हाउस कनेक्टिभिटी कजेज कन्फ्लिक्ट’का लेखकसमेत हुन्) 

ad
ad
ad
ad