१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीका दुई स्थानमा फूल बिक्री केन्द्र  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३५:oo

उपमहानगरको कार्यालय प्रांगण र भाटभटेनी सुपरमार्केटमा फूल बिक्री केन्द्र

किसानले उत्पादन गरेको फूलको बिक्रीवितरणमा सघाउन धनगढी उपमहानगरपालिकाले नगरका दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ। उपमहानगरको कार्यालय प्रांगण र भाटभटेनी सुपरमार्केटमा फूल बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो।

व्यावसायिक रूपमा पुष्पखेती गरिरहेका किसानले उत्पादन गरेका फूलको बजारीकरणमा सघाउन तिहारलाई लक्षित गरेर बिक्री केन्द्र सञ्चालन गरिएको उपमहानगरले जनाएको छ। 

बिक्री केन्द्रको उद्घाटन गर्दै धनगढी उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाले बिक्री केन्द्र सञ्चालनले किसान र उपभोक्ता दुवैलाई सहज हुने बताइन्। उनले स्थानीय कृषकले उत्पादन गरेका माला खरिद गरेर किसानलाई प्रोत्साहन गर्न पनि आग्रह गरिन्।

बिक्री केन्द्रमा फूल र माला राखिएका छन्। फूल बिक्री केन्द्रबाट फूल र मालाको बिक्री गर्न सहज भएको पुष्पखेतीमा संलग्न कृषक सुशीला विष्टले बताइन्। बिक्री केन्द्रमा ताजा फूल र माला बिक्रीका लागि राखिएका छन्। 

कृषकले प्रतिमाला फूलको मूल्य एक सय र फूल प्रतिकिलो चार सय रुपैयाँ मूल्य तोकेका छन्। उपमहानगरले तालिमलगायतका अन्य कुरामा सहयोग पाएपछि विगतका वर्षभन्दा यस वर्ष धनगढीमा फूल खेती गर्ने किसानहरूको संख्या बढेको छ।